आइतवार सार्वजनिक विदा « Khabarhub

आइतवार सार्वजनिक विदा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ ।

जेठ २६ गते आइतबार भोटो जात्रा परेकाले उपत्यकामा सार्वजनिक विदा हुने भएको हो ।  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा अनुसार हिजो रथलाई लगनखेलको थतिटोलबाट तानेर जावलाखेलमा पुरयाइएकोले यसको चौथो दिन २६ गते भोटो जात्रा देखाइने गुठी तहसिल कार्यालय ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

बिभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ। मच्छिन्द्रनाथको साइत हेर्ने ज्योतिष खलकका सदस्य दैवज्ञ किर्तिमदन जोशीका अनुसार देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो। साथै यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब लगायत कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ।

रथबाट चारै दिशामा तीन(तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ। फेरि भोटो एक वर्ष पछि त्यही परम्परा अनुसार देखाइन्छ।

ललितपुरको जावलाखेलमा हुने भोटोजात्राको सरकार प्रमुख लगायतका उच्च पदस्थ व्यक्तिहरुले समेत अवलोकन गर्नेछन्। भोटो देखाउने जात्राको अवलोकन गर्न पाटनकी कुमारीलाइ ल्याउने गरिन्छ साथै जात्रा हेर्न उपत्यकाका तीनै शहरका सर्वसाधारणको ठूलो संख्यामा भीड लाग्ने गर्दछ।

जावलाखेलमा भोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुन्छ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १२ : ४२ बजे

१२ दिनमा ४२२ विपद्का घटना

काठमाडौँ– वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका

उत्पादन सुरु गर्ने मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक

आईपीएल: : राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले ९ बल बाँकी हुँदै गर्यो पूरा

जयपुर- इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा सनराइजर्स

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ– समुद्री सतहदेखि ५ हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास

भिमफेदी कारागारका १३३ कैदीबन्दी अझै फरार

मकवानपुर– मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै