भक्तपुर पुगेर प्रधानमन्त्रीले भने– जागिर दिन हामी घरघरमा आएका छौं « Khabarhub

भक्तपुर पुगेर प्रधानमन्त्रीले भने– जागिर दिन हामी घरघरमा आएका छौं


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घर घरमा गएर रोजगारी दिने बताएका छन् । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले बेरोजगारलाई घर घर पुगेर रोजगारी दिने बताए ।

‘सरकारले अब घर–घर पुगेर रोजगारी दिन्छ,सरकार कहाँ छ भन्नेलाई यहाँ(भक्तपुर) मा  जवाफ छ’ प्रधानमन्त्री ओलीले भने,‘हामी घरघरमा जागिर दिन आएका छौं ।’‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत भक्तपुरका चारवटा नगरपालिका ७ सय जनालाई रोजगारी दिइएको छ ।

४० लाख नेपाली युवालाई आफ्नो सरकारले विदेश नपठाएको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको बताए ।

सरकारको कामले विपक्षीलाई सही नसक्नु बनाएको भन्दै ओलीले भने,‘हामी सरकारमा चकट देखाउन आएका होइनौं, काम गर्न आएका हौं ।’

उनले सरकारले भ्रष्टाचार नगरि काम गरिरहेको दाबी गर्दै यो काममा विश्वास गर्ने सरकार भएको बताए ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले गरेको वाँचा अनुसार ५ लाख युवालाई जसरीपनि रोजगारी दिने दाबी गरे । उनले अहिले भक्तपुरमा ७ सयलाई आंशिक रुपमा रोजगारी दिइएको बताए ।

सरकारले प्रदेश र स्थानिय तहसँग सहकार्य गरी बेरोजगारी अन्त्य गर्ने श्रम मन्त्री विष्टले बताए  । सरकारले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो ।
चालु आवमा ३ अर्ब रुपैयाँ छुट्याइएको यो कार्यक्रमका आगामी वर्ष दुई अर्ब थपेर ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले यसै वर्षबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै बेरोजगारलाई न्यूनतम रोजगारी र नभए निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरेको हो । पूर्वाधार तथा सामुदायिक विकाससम्बन्धी कार्यक्रमअन्तर्गत सूचीकृत भएका बेरोजगारलाई यस्तो सुविधा दिने नीति छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : ०६ बजे

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद