भक्तपुर पुगेर प्रधानमन्त्रीले भने– जागिर दिन हामी घरघरमा आएका छौं « Khabarhub

भक्तपुर पुगेर प्रधानमन्त्रीले भने– जागिर दिन हामी घरघरमा आएका छौं


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घर घरमा गएर रोजगारी दिने बताएका छन् । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले बेरोजगारलाई घर घर पुगेर रोजगारी दिने बताए ।

‘सरकारले अब घर–घर पुगेर रोजगारी दिन्छ,सरकार कहाँ छ भन्नेलाई यहाँ(भक्तपुर) मा  जवाफ छ’ प्रधानमन्त्री ओलीले भने,‘हामी घरघरमा जागिर दिन आएका छौं ।’‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत भक्तपुरका चारवटा नगरपालिका ७ सय जनालाई रोजगारी दिइएको छ ।

४० लाख नेपाली युवालाई आफ्नो सरकारले विदेश नपठाएको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको बताए ।

सरकारको कामले विपक्षीलाई सही नसक्नु बनाएको भन्दै ओलीले भने,‘हामी सरकारमा चकट देखाउन आएका होइनौं, काम गर्न आएका हौं ।’

उनले सरकारले भ्रष्टाचार नगरि काम गरिरहेको दाबी गर्दै यो काममा विश्वास गर्ने सरकार भएको बताए ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले गरेको वाँचा अनुसार ५ लाख युवालाई जसरीपनि रोजगारी दिने दाबी गरे । उनले अहिले भक्तपुरमा ७ सयलाई आंशिक रुपमा रोजगारी दिइएको बताए ।

सरकारले प्रदेश र स्थानिय तहसँग सहकार्य गरी बेरोजगारी अन्त्य गर्ने श्रम मन्त्री विष्टले बताए  । सरकारले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो ।
चालु आवमा ३ अर्ब रुपैयाँ छुट्याइएको यो कार्यक्रमका आगामी वर्ष दुई अर्ब थपेर ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले यसै वर्षबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै बेरोजगारलाई न्यूनतम रोजगारी र नभए निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरेको हो । पूर्वाधार तथा सामुदायिक विकाससम्बन्धी कार्यक्रमअन्तर्गत सूचीकृत भएका बेरोजगारलाई यस्तो सुविधा दिने नीति छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : ०६ बजे

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि