मुख्यमन्त्री पौडेलको स्वास्थ्यावस्था बुझ्न अस्पताल पुगे गृहमन्त्री थापा « Khabarhub

मुख्यमन्त्री पौडेलको स्वास्थ्यावस्था बुझ्न अस्पताल पुगे गृहमन्त्री थापा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रमा उपचारत प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्यावस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका छन् ।

मन्त्री थापाले मुख्यमन्त्री पौडेललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गत आइतबार मुख्यमन्त्री पौडेलले एन्जिओग्राफी गरेका थिए ।  एन्जिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि उनी शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।

पौडेलको उपचारमा शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोली  संलग्न छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : ५३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते