कश्मीरमा भएको झडपमा २ भगौडा सैनिकसहित ४ को मृत्यु « Khabarhub

कश्मीरमा भएको झडपमा २ भगौडा सैनिकसहित ४ को मृत्यु


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– भारत प्रशासित कश्मीरमा भएको झडपमा दुई पूर्व सैनिकसहित ४ लडाकु मारिएका छन् ।

कश्मीरको पुलावामामा सुरक्षाकर्मीले गरेको कारबाहीपछि भएको झडपमा ४ लडाकु मारिएका हुन् । भारतीय सञ्चारमाध्यमले ज्यान गुमाउनेमा २ जना अर्धसैनिक बलका पूर्व सुरक्षाकर्मी समेत रहेको जनाएका छन् । उनीहरु केही समयअघि भागेर स्थानीय लडाकु समूहमा भर्ना हुन गएको बताइएको छ ।

इदका दिन विदापछि दुई सुरक्षाकर्मीले हाजिर नगरेपछि उनीहरु हातहतियारसहित भागेर लडाकु समूहमा भर्ना हुन गएको आशंका गरिएको थियो ।

गत फेब्रुअरी महिनामा ५० भन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी कश्मीरमा भएको बम आक्रमणपछि कश्मीरमा सेनाको कारवाही चर्किँदै गइरहेको छ ।

मारिनेहरु पाकिस्तानमा रहेर कश्मीरमा आक्रमण गर्दै आएको अतिवादी इस्लामिक समूह जैश ए मोहम्मदका लडाकु रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  २ : २० बजे

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन

मध्यम शक्ति बन्न अग्रसर पाकिस्तानको क्षेत्रीय कूटनीतिमा बढ्दो भूमिका

काठमाडौं- इरानसँग अमेरिका र इजरायलको बढ्दो द्वन्द्व तथा खाडी क्षेत्रको

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना