धोनीले लगाएको पञ्जाले तहल्का– आइसीसीले बीसीसीआईलाई पत्र काट्यो « Khabarhub

धोनीले लगाएको पञ्जाले तहल्का– आइसीसीले बीसीसीआईलाई पत्र काट्यो


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीले प्रयोग गर्ने विकेटकिपीङ गोलोव्समा भएको स्टीकर हटाउन आईसीसीले भारतीय क्रिकेट बोर्डलाई पत्राचार गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासँगको खेलमा उनले भारतीय सेनाले प्रयोग गर्ने उक्त लोगो प्रयोग गरेपछि सामाजिक सञ्जालमा उनको चर्चा भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले धोनीले उक्त लोगो प्रयोग गर्दा नियमविरुद्ध भएको भन्दै बीसीसीआईलाई उक्त लोगो पञ्जाबाट हटाउन लगाउन भन्दै पत्र काटेको छ ।

आईसीसीले पत्रकाटेपछि बोर्डले धोनीलाई उक्त लोगो हटाउन भनिसकेको बताएको छ । धोनीको पञ्जामा रहेको उक्त लोगो आन्दील फेह्लुक्वायोको विकेट लिँदा स्पष्ट देखिएको थियो । ‘आईसीसी सामाग्री तथा पोसाक नियमनले कुनै पनि राजनीतिक, धार्मीक र जातीय विभेद शृङजना गर्ने खालका वस्तु प्रयोग गर्न मनाही छ,’ आईसीसी नियमनमा उल्लेख गरेको छ ।

२०११ मा धोनीलाई लेफ्टीनेन्ट पद सम्मानस्वरुप दिइएको थियो । पछि उनी केही समय पारा रेजिमेन्टको अभ्यासमा पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ३ : १२ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,