आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य « Khabarhub

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई २१७ रनको चुनौती दिएको छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा राजस्थानले टस जितेर पहिले बलिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २१६ रन बनायो । टोलीले पहिलो बलमै अभिषेक शर्माको विकेट गुमाएको थियो । त्यसपछि इशान किशनले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ९१ रनको शानदार इनिङ्स खेलेर टोलीलाई बलियो अवस्थामा पुर्‍याए। उनको इनिङ्समा ४ चौका र ६ छक्का समावेश थिए ।

यसैगरी हेनरिक क्लासेनले ४० रनको महत्वपूर्ण योगदान दिए। राजस्थानका बलरमध्ये जोफ्रा आर्चरले २ विकेट लिए। त्यस्तै सन्दीप शर्मा, तुषार देशपाण्डे र रियान पराग ले समान १–१ विकेट हात पारे।

यस सिजनमा हैदराबाद र राजस्थानबीचको यो पहिलो भेट हो । दुवै टोलीका लागि यो पाँचौँ खेल हो। राजस्थान रोयल्स अहिलेसम्म अपराजित रहँदै ४ खेलमा ४ जितसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। यता सनराइजर्स हैदराबादले ४ खेलमध्ये केवल १ जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ९ : ५५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल