‘प्रेम गीत ३’ मा अञ्जली अधिकारीको सम्भावना बढी छ भन्ने होइन « Khabarhub

‘प्रेम गीत ३’ मा अञ्जली अधिकारीको सम्भावना बढी छ भन्ने होइन


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – यस वर्ष खासै धेरै सिनेमा बनिरहेका छैनन् । निर्माणका क्रममा रहेका केही सिनेमाले भने दर्शकलाई उत्साहित बनाएका छन् । व्यावसायिक रुपमा सफल सिनेमा ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ पछि निर्माण टिम यसको तेस्रो भाग पनि निर्माण गर्ने तयारीमा लागिरहेको छ ।

फिल्ममा शीर्ष भूमिकामा त प्रदीप खड्का नै हुनेछन् । तर, तेस्रो भागमा नयाँ नायिकाको खोजी भइरहेको छ । ‘प्रेम गीत ३’ मा गीतको भूमिका निभाउन २५ युवतीबीच प्रतिस्पर्धा भएको थियो । यसैबीच फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनसँग खबरहबले कुराकानी गरेको छ:

‘प्रेमगीत ३’ का लागि ‘गीत’को अडिसन कस्तो रह्यो ?

भर्खरै हामीले प्राथमिकतामा परेका २५ जनासँग अडिसन लियौँ । अडिसन निकै उत्साहित र सफल भयो । सहभागी सबै गीतहरुले उत्कृष्ट प्रस्तुति दिनुभयो । गीतको क्यारेक्टर बन्न खोज्नुभयो । हामी अब रिजल्टको पर्खाइमा छौँ । ती प्रतियोगीको भिडियो हेरेर हामीले कसलाई गीत बनाउने भन्ने निर्णय गर्नेछौँ ।

छानिएका २५ जनामा सबै गीतका लागि फिट थिए ?

हामीले छानेकामध्ये २० जनाले चाहिँ उत्कृष्ट प्रस्तुति दिनुभयो । उहाँहरु सबै गीत पात्रका लागि दाबेदार हो । अब छानिएकामध्ये फिल्मको पात्रअनुसार को सुहाउँछ, उहाँलाई लिन्छौँ ।

मिडियोमा ‘गलबन्दी’ गीतबाट चर्चामा आएकी अञ्जली अधिकारीले खेल्ने सम्भावना धेरै छ भनेर समाचार आइरहेको छ नि ?

फिल्ममा उहाँ नै हुने भन्ने खालको जुन हल्ला छ, त्यस्तो चाहिँ होइन, अञ्जली अधिकारी ‘गीत’ बन्ने सम्भावना बढी छ भन्ने होइन । उहाँको प्रस्तुतीकरण हेरेर पात्र सुहाउँदो लाग्यो र चरित्र पनि मिल्यो भने उहाँ हुन सक्नुहुन्छ । हेर्छौँ ।

मतलब, २० जनामा सबै उत्तिकै दमदार छन् हो ?

हो, सबै उस्तै कुशल छन् । अझै रिजल्ट आइसकेको छैन । तर एउटा दुःखद कुरा के भयो भने केही ब्यानरले छनोट नगर्दै आफ्नो ब्यानरमा अफर गर्नुभएछ । तिमीहरुलाई सीधै फिल्ममा खेलाउँछु, किन अडिसन दिन्छौ भनेर भन्नुभएछ । केही फिल्ममेकरले लालच देखाएर गाह्रो पारिदिएका छन् । ध्यान भड्काउन खोजेका छन् ।

रिजल्ट नआउञ्जेलसम्म ती प्रतियोगीले कुर्छन् त ?

हो, कुर्छन् । ती अनुहारलाई हामीले उत्कृष्ट २५ मा नल्याइदिएको भए कसैले चिन्देनथे । अहिले मेकरले समेत चिन्ने मौका पाए । प्रतियोगीले पनि राम्रो क्रेज देखाएका छन् । अमेरिकाबाट पनि अडिसन दिन आएका छन् । केही प्रतियोगीले युके र अस्ट्रेलियाबाट सीधै आउने भन्नुभएको छ । यसलाई हामीले ‘प्रेम गीत ३’ का क्रेजका रुपमा लिएका छौँ ।

फिल्ममा प्रदीप खड्का नै अभिनेता हुन् नि ? औपचारिक जानकारी त गराउनुभएको छैन त !

हामीले विशेष कार्यक्रम गरेर प्रदीप खड्कालाई इन्ट्री गराउने भनेका थियौँ । तर, सबैलाई थाहा भइसक्यो । हो, प्रदीप खड्कालाई नै प्रेमका रुपमा फिल्ममा लिएका हौँ ।

रिजल्ट आउन ठ्याक्कै कति समय लाग्छ ?

२० देखि २५ दिनसम्म लाग्ला कि !

कथा भन्न मिल्छ ?

यो एउटा ऐतिहासिक फिल्म हो तर वास्तविकता फिल्ममा हुने छैन । बरु फिल्ममा काल्पनिक कथा हुनेछ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ४ : ३५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।