सन्तानको सुख चाहनेहरुका लागि सरोगेसी व्यवस्था हुनुपर्छः डा.रिजाल « Khabarhub

सन्तानको सुख चाहनेहरुका लागि सरोगेसी व्यवस्था हुनुपर्छः डा.रिजाल


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजालले नेपालमा उपचार गरेर पनि सन्तान नभएका दम्पतीको लागि सरोगेसी गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

उनले नेपालमा सरोगेसीको व्यवस्था नहुँदा धेरै दम्पतीले सन्तानको सुख नपाएकालाई सन्दर्भ सन्तान सुखको अधिकार दिन सरोगेसी गर्न पाउने व्यवस्था गरिनुपर्ने बताएका हुन् । अन्य उपचार सेवाबाट पनि सन्तान सुख नपाएकालाई सन्तान खुसीको अधिकार दिन अब हामीले सरोगेसीको लिगल डकुमेन्ट बनाएर ‘नेपालीले नेपालीको लागि सरोगेसी’को व्यवस्था गरिनुपर्ने बताए ।

सरोगेसी भनेको पाठेघर नै नभइ सन्तान जन्माउन नसक्ने अवस्थामा अन्य महिलाको कोखमार्फत सन्तान जन्माउनु हो । नेपालमा केही वर्ष अघि सरोगेसीद्वारा सन्तान जन्माउने दम्पतीहरू थिए । तर यो व्यवस्थाले विदेशीले समेत नेपालका महिलाहरूको कोख भाडामा लिने कार्य बढेपछि सर्वोच्चले नै नेपाल सरोगेसी गर्न नपाइने फैसला गरेको थियो ।

फर्टिलिटी सोसाइटी अफ नेपालको आयोजनामा काठमाडौंमा भएको कार्यममा संस्थाका अध्यक्ष समेत रहेका डाक्टर रिजालले नेपालमा निसन्तानको समस्या रहेको दम्पतीको संया १२ देखि १५ प्रतिशतसम्म रहेको र धेरैको उपचारबाट पनि सन्तान सुख प्राप्त गर्न सम्भन नभएको बताएका छन् ।

डा रिजालका अनुसार ३३ प्रतिशत महिला र ३३ प्रतिशत पुरूष र ३३ प्रतिशत महिला पुरूष दुबैमा हुने प्रजनन समस्याका कारण दम्पतीमा निसन्तान हुने गरेका छन् । महिलाहरूमा पाठेघर र नलिमा हुने समस्या तथा वैदेशिक रोजगारीमा खाडी मुलुकमा जाने पुरूषहरूमा उच्च तापक्रमका कारण शुक्रकिट उत्पादनमा हुने समस्याले नेपालमा बाझोपनको समस्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ ।

डा रिजालका अनुसार विदेशमा काम गर्ने पुरूषमा उच्च तापक्रमले गर्दा शुक्रकिट उत्पादनमा ५ प्रतिशत सम्म कमी भएको भन्दै वैदेशिक रोजगारीमा जाने पुरूषमा सन्तान उत्पादन क्षमता अझै घट्न सक्ने देखिएको छ ।

यस्तै ३५ देखि ४० वर्ष माथिका महिलाहरूमा अण्डाको मात्रा घट्दै जादा बाझोपनको समस्या बढ्ने भएकाले महिलाले ३० वर्ष पुग्नुअघि आमा बन्नु उपयुक्त हुने डा रिजालको भनाइ छ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : ४५ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा