नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल « Khabarhub

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुझावहरु सङ्कलन भइरहेको बताएका छन् ।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन र नियमावलीका लागि ‘शिक्षा संवाद’ कार्यक्रमका माध्यमबाट सुझावहरु नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी कार्यक्रम गरिरहेको मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन तथा नियमावलीका लागि सातै प्रदेशमा आएका सुझावहरु सङ्कलन भइरहेको बताए ।

उनले सात दिन अगाडि कोशी प्रदेशबाट सुरु गरीएको शिक्षा संवाद कार्यक्रम मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आयोजना भएको बताए । 

मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ३ : ११ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार