उपत्यकामा बल्नै छाडे ट्राफिक बत्ती-पैदलयात्री मर्कामा « Khabarhub

उपत्यकामा बल्नै छाडे ट्राफिक बत्ती-पैदलयात्री मर्कामा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको बेवास्ताका कारण काठमाडौं उपत्यकाका ट्राफिक बत्ती वर्षौंदेखि नबली बेवारिसे अवस्थामा छन् । ट्राफिक बत्तीको मर्मत सम्भार तथा नयाँ बत्ती जडानमा सरकारले चासो र तत्परता नदेखाउँदा ट्राफिक व्यवस्थापनमा समेत दिन प्रतिदिन जटिलता थपिँदै गएको राजधानी दैनिकमा खबर छ ।

१२ लाख बढी सवारी गुडिरहने काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी हातकै इसारामा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् । ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिएको छ भने पैदल यात्रु र सवारी चालकले पनि अनावश्यक हैरानी खेप्नुपरेको छ ।

हाल काठमाडौं उपत्यकामा बेलाबखत ४/५ ठाउँमा मात्र बत्ती बल्ने गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त त उपत्यकामा बत्ती नै बल्न छाडेको बताउँछन् । उनले सम्बन्धित स्टेक होल्डरसँग समन्वय गर्ने, पत्राचार गर्ने र सुझाव दिने काम गरिरहे पनि ट्राफिक बत्तीको उचित व्यवस्थापन नभएको बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले आठ मिटरभन्दा माथिको सडकमा सडक बत्ती बनाउने काम सडक विभागको भए पनि जिम्मेवारी पूरा नगरेको बताए ।

‘हामीले बनाउन अनुरोध गरेका हौं । विभाग बनाउँछौं, बत्ती हाल्छौं भन्छ तर अहिले पनि बनेन,’ उनले भने । उपत्यकाभित्र हाल बानेश्वर चोक, सल्लाघारी, गठ्ठाघर, जडीबुटी चोक र महाराजगन्ज चोकमा रहेका ट्राफिक लाइट बल्छन् तर तीमध्ये केही बल्दैनन् ।२०३७ सालमा जाइकाले उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । त्यसपछि केही वर्ष बत्ती बले पनि फेरि बत्ती बल्न बन्द हुन पुगेको हो ।

पैदल यात्री मर्कामा

काठमाडौं उपत्यकामा ट्राफिक बत्ती नहुँदा सवारी चालक र ट्राफिक प्रहरीलाई मात्र नभएर पैदल यात्रुले समेत सास्ती भोग्नुपरेको छ ।पैदल यात्रुले बत्ती अभावमा जेब्रा क्रसिङमा ज्यान नै खतरामा राखेर बाटो काट्न बाध्य छन् । बत्ती नभए पनि सवारी पनि नरोकिने हुँदा यात्रुको सुरक्षामा समेत खतरा हुने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा ३ सयको संख्यामा जेब्राक्रस छन् । तर, ट्राफिक बत्ती भने कहिले ३/४ ठाउँ त कहिले एक ठाउँमा मात्र बल्छन् । नयाँ बानेश्वर, महाराजगन्ज चोक र भक्तपुरको कौशलटार चोकको जेब्राक्रसमा बत्ती बल्ने गरेको छ । नयाँ बानेश्वर चोकको बत्ती अधिकांश समय बल्दैनन् । थापाथली, बानेश्वर, सिंहदरबार, पुतलीसडक, कुमारी बैंक, पद्मोदय मोड र माइतीघरको जेब्राक्रस बढी व्यस्त भए पनि त्यहाँका सडक बत्ती नै बल्दैनन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : ५५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय