अब कपडाबाटै मोबाइल चार्ज ! | Khabarhub Khabarhub

अब कपडाबाटै मोबाइल चार्ज !


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना प्रविधिको क्षेत्र द्रुत रुपमा विकास भइरहेको छ । अहिले सवैको हात-हातमा सेल फोन हुन्छ । तर, सबैको साझा समस्या बनेको छ– मोबाइलको ब्याट्री सकिने ।

अधिकांश मानिसहरु आफ्नो मोबाइल फोन चार्जको समस्याले हैरान देखिन्छन् । महत्वपूर्ण काम परेकै बेला मोबाइल स्वीच अफ भैदिन्छ, झन् हैरानी । कतिपयले यस्तो समस्याबाट मुक्त हुन पावर बैंक बोकिराख्नु हुन्छ । तर, अब यस्तो प्रविधि आउँदैछ कि पावर बैंक बोकिरहनुपर्ने झन्झट हुने छैन । शोधकर्ताहरुका अनुसार अब आफैले लगाएको कपडाबाट मोबाइल फोन चार्ज गर्न सकिनेछ ।

नाटिङ्घम ट्रसेन्ट विश्वविद्यालयका वैज्ञानिकहरुले कपडाबाटै चार्ज गर्न सकिने दाबी गरेका छन् । उनीहरुका अनुसार एउटा सानो सोलार प्यानल सर्टको गोजीमा लगाउन सकिनेछ । जब तपाई मोबाइल गोजीमा राख्नुहुनेछ, आफै चार्ज हुन थाल्नेछ । वैज्ञानिकहरुले यस प्रविधिको नाम चार्जिङ डक राखेका छन् । शोधकर्ताहरुका अनुसार चार्जिङ डक ३ मिलिमिटर लामो र १.५ मिलिमिटर चौडा हुनेछ । यसले पावर बैंकको जस्तै काम गर्नेछ साथै अरु कपडाजस्तै यस कपडालाई पनि धुन सकिनेछ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ७ : ०३ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको