अब कपडाबाटै मोबाइल चार्ज ! « Khabarhub

अब कपडाबाटै मोबाइल चार्ज !


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना प्रविधिको क्षेत्र द्रुत रुपमा विकास भइरहेको छ । अहिले सवैको हात-हातमा सेल फोन हुन्छ । तर, सबैको साझा समस्या बनेको छ– मोबाइलको ब्याट्री सकिने ।

अधिकांश मानिसहरु आफ्नो मोबाइल फोन चार्जको समस्याले हैरान देखिन्छन् । महत्वपूर्ण काम परेकै बेला मोबाइल स्वीच अफ भैदिन्छ, झन् हैरानी । कतिपयले यस्तो समस्याबाट मुक्त हुन पावर बैंक बोकिराख्नु हुन्छ । तर, अब यस्तो प्रविधि आउँदैछ कि पावर बैंक बोकिरहनुपर्ने झन्झट हुने छैन । शोधकर्ताहरुका अनुसार अब आफैले लगाएको कपडाबाट मोबाइल फोन चार्ज गर्न सकिनेछ ।

नाटिङ्घम ट्रसेन्ट विश्वविद्यालयका वैज्ञानिकहरुले कपडाबाटै चार्ज गर्न सकिने दाबी गरेका छन् । उनीहरुका अनुसार एउटा सानो सोलार प्यानल सर्टको गोजीमा लगाउन सकिनेछ । जब तपाई मोबाइल गोजीमा राख्नुहुनेछ, आफै चार्ज हुन थाल्नेछ । वैज्ञानिकहरुले यस प्रविधिको नाम चार्जिङ डक राखेका छन् । शोधकर्ताहरुका अनुसार चार्जिङ डक ३ मिलिमिटर लामो र १.५ मिलिमिटर चौडा हुनेछ । यसले पावर बैंकको जस्तै काम गर्नेछ साथै अरु कपडाजस्तै यस कपडालाई पनि धुन सकिनेछ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ७ : ०३ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै