भारतले त नाकामै रोक्छ नेपाली तरकारी | Khabarhub Khabarhub

भारतले त नाकामै रोक्छ नेपाली तरकारी


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ। नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ। अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको नयाँ पत्रिकामा खबर छ।

नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन। त्यसैले नमुना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ। ती ठाउँमा लगेर परीक्षण गर्दा रिपोर्ट आउन एक सातासम्म लाग्ने भएकाले कैयौँपटक नेपालका कृषिवस्तुहरू नाकामै कुहिने र बिग्रने गरेका छन्।

त्यस्तै, भारतीय प्रहरी तथा कर्मचारीले नेपाली निकासीकर्तासँग अवैध रूपमा प्रतिट्रक ५० हजार रुपैयाँसम्म लिन्छन्। विभिन्न बहानमा भारतीय प्रहरी र भन्सार कर्मचारीले प्रतिट्रक ४०–५० हजार रुपैयाँसम्म अतिरिक्त पैसा लिने गरेको नेपाली निकासीकर्ताहरू बताउँछन्।

भारतले विभिन्न प्रकारका कर लगाएरसमेत नेपालको निकासीलाई प्रभावित पार्दै आएको छ। डिसेम्बर २०१६ देखि नेपालको जुटमा काउन्टर भ्यालु ड्युटी (प्रतिकारात्मक कर) लगाएको कर नेपाल सरकार र निजी क्षेत्रको पटक–पटकको आग्रहपछि अप्रिल २०१७ देखि लागू हुने गरी हटायो। तर, एन्टीडम्पिङ ड्युटी भने अझै कायम नै राखेको छ। भारतले वनस्पति घिउ, एक्रिलिक यार्न (धागो), कपर र जिन्कअक्साइड निर्यातमा समेत कोटामा आधारित भन्सार दर निर्धारण गरेको छ। भारतले ३० प्रतिशतभन्दा कम मूल्य वृद्धि भएको नेपाली वस्तुमा समेत भन्सार लगाउने गरेको छ।

भारतले नेपालको तरकारी, फलफूल तथा खाद्यान्न मात्रै होइन, क्वारेन्टाइन जाँचको बहानामा कुचो निकासीमा समेत अवरोध गर्दै आएको छ। ‘अम्रिसोको कुचोको समेत क्वारेन्टाइन जाँचका नाममा भारतले अवरोध गर्ने गरेको छ,’ नेपाल हब्स एन्ड हर्बल एसोसिएसनका अध्यक्ष तथा निकासीकर्ता गोविन्द घिमिरेले भने, ‘भारतीय गैरभन्सार अवरोधकै कारण नेपाल–भारतको व्यापार असन्तुलन उच्चदरमा बढिरहेको छ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ७ : २५ बजे

युरोपेली देशको युक्रेन जोगाउने सैन्य योजना अन्तिम चरणमा

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको युद्ध विरामको योजनालाई

रुङ्दीखोलाको मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पर्वत– कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ

गण्डकी प्रदेश आख्यान महोत्सव : दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ– नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल

मेचीनगर गोल्डकप : चर्च ब्वाइजलाई उपाधि

झापा– पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले

नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्वित

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन