गर्भनिरोधक चक्कीले यस्ता समस्याबाट पनि छुटकारा दिलाउँछ « Khabarhub

गर्भनिरोधक चक्कीले यस्ता समस्याबाट पनि छुटकारा दिलाउँछ


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गर्भनिरोधक चक्कीको गतल प्रयोगले स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ । गर्भ निरोधक चक्कीको सेवनले महिलामा हर्मोनल गडबडी हुनसक्छ । तर, यो चक्कीले हानि मात्र गर्दैन । गर्भ निरोधक चक्कीको सेवनले यस्ता केही फाइदा पनि हुने चिकित्सकहरु सुझाउँछन्–

गर्भनिरोधक चक्की अनिच्छित गर्भ रोक्नमा मात्र सिमित छैन । यसका अन्य धेरै फाइदाहरु छन्, जसले महिलालाई महिनावारी हुन मद्दत गर्नुका साथै डन्डिफोरको समस्याबाट उन्मुक्ति दिलाउँछ ।

महिनावारी ढिलो हुनुमा हर्मोनले ठूलो भूमिका खेल्छ । खासगरी, महिनावारी हुदाँ बढी रक्तश्राव भएमा वा महिनावारी अनियमित भएमा यस्ता गर्भ निरोधक चक्कीले त्यसलाई नियन्त्रित गर्न मद्दत गर्छ । गर्भनिरोधक चक्कीको प्याकेटमा २८ चक्की औषधी हुन्छ ।

यसमा २१ वटा सक्रिय चक्की (हर्मोन सहित) र बाँकी सात निस्क्रिय चक्की हुन्छ । निस्क्रिय चक्की सेवन गरेमा महिलाहरुमा महिनावारी हुने गर्छ । त्यसैले, धेरै सक्रिय चक्कीको सेवन गरेर पनि महिलाले आफ्नो महिनावारी नियमित गर्न सक्दछन् । यसले पोलीसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) पनि निको पार्छ ।

शरीरमा हर्मोनको गडबडी भएमा पिम्पल्स आउने गर्छ । गर्भनिरोधक चक्कीको सेवनले शरीरमा हर्मोनलाई नियन्त्रित गर्छ । यो चक्कीमा एस्ट्रोजेन तथा प्रोजेस्टेरोन नामक हर्मोन हुने भएकोले यसको सेवनले हर्मोनलाई नियन्त्रित गरी पिम्पल्सको समस्याबाट समेत छुटकारा दिलाउँछ ।

महिनावारी सम्बन्धि दुखाईबाट छुटकारा दिलाउँछ । एक रिपोर्टमा उल्लेख गरिए अनुसार महिनावारीको दुखाई कम गर्न ३१ प्रतिशत महिलाले गर्भ निरोधक चक्कीको सेवन गर्छन् । किनकी महिनावारी हुदाँ पाठेघरले प्रोस्टेग्लैडिंग नामक हर्मोनको स्राव गर्छ । यो हर्मोन बढी स्राव भएमा पेट दुख्ने गर्छ । यो हर्मोनले महिनावारीमा गर्भाशयलाई संकुचित बनाउँछ, जसले महिनावारीमा क्राम्प्स हुने गर्छ ।

एस्ट्रोजेन र प्रोजेस्टेरोन नामक संयुक्त हर्मोनको सेवन गर्नेहरुमा गर्भाशयको क्यान्सर हुने सम्भावना पनि ५० प्रतिशत कम हुन्छ । कतिसम्म भने यो औषधी खान छोडेपनि यसको असर बीस वर्ष पछि सम्म पनि रहिरहन्छ । र, यसले डिम्बासयमा हुनसक्ने क्यान्सरबाट पनि बचाउँछ ।

महिनावारीका क्रममा धेरै महिलालाई उच्च रक्तश्राव हुन्छ । जसले गर्दा उनीहरुमा रक्तअल्पत्राको जोखिम पनि धेरै हुने गर्छ । रक्तअल्पत्रा भएमा रगतमा अक्सिजनको आपूर्ति गर्ने हेमोग्लोविनको मात्रा कम हुने गर्छ । जबकी हर्मोनयुक्त गर्भनिरोधक चक्कीको सेवनले महिनावारी हुदाँ धेरै रक्तश्राव हुँदैन र महिनावारीमा कारण हुने रत्तअलपत्रा पनि हुँदैन ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ५९ बजे

किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण

मस्को- रुसले युक्रेनको राजधानी किभस्थित सैन्य-औद्योगिक प्रतिष्ठानहरूमा आक्रमण गरी सयौं

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार