६० वर्ष पुरानो कुवाको पानीले तिर्खा मेटाउँदै जाजरकोटबासी « Khabarhub

६० वर्ष पुरानो कुवाको पानीले तिर्खा मेटाउँदै जाजरकोटबासी


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जिल्लाको भेरी नगरपालिका–१  मैदेका स्थानीयवासी ६० वर्ष पुरानो कुवाको पानीको भरमा तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा २०१६ सालमा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन् ।

जिल्लामा बनेका खानेपानी आयोजनामध्ये दिगो विकासको नमूनाका रुपमा मैदेको कुवालाई लिन सकिने वडा नं १ का वडाध्यक्ष दीपक रानाको भनाइ छ । पछिल्लो चरणमा आयोजना निर्माण गरेको पाँच वर्ष बित्न नपाउँदै उपभोग गर्न नमिल्ने खानेपानी आयोजना बनिरहेको बताउँदै अध्यक्ष रानाले भने, ‘कुवा निर्माण गरेको ६० वर्षको समय पार गरे पनि उपभोक्ताले उपभोग गरिरहेको जिल्लाकै एक मात्र आयोजना होला भन्ने मलाई लागिरहेको छ ।’

तत्कालीन अञ्चलाधीशको पहलमा २०१६ सालमा उक्त कुवा निर्माण भएको बताउँदै ७० वर्षीय डोइलीवीर रानाले भने, ‘उक्त कुवामा प्रयोग भएको सिमेन्ट, इँटा, बालुवालगायतका सामग्री ढुवानी गर्नलाई मैदे गाउँवासीले श्रमदान गर्नुपरेको थियो, त्यतिबेला सिमेन्ट यहाँ पाइँदैन्थ्यो, नुन लिन नेपालगञ्ज जाँदा नुनसँगै प्रतिव्यक्तिले चार/चार माना सिमेन्ट, रावतगाउँमा बनेको इँटा र पिपेबाट बालुवा ढुवानी गरेका थियौँ ।’

कुवा निर्माण गर्दा इँटाको पर्खामा चुन, इँटाको धुलो र सिमेन्टको प्रयोग गरिएको रानाले बताए । २०१६ सालमा निर्माण गरिएको कुवालाई २०४४ तिर युनिसेफको आर्थिक सहयोगमा सिमेन्ट प्लाष्टर गरिएको थियो ।

हालसम्म कुवाको पानी उपभोग गर्ने मैदेगाउँका ६२ घरधुरी सङ्ख्या रहेको नैनबहादुर रानाले जानकारी दिए । पानीको स्रोत निकै कम रहेको भए तापनि कुवाको पानी खानुको विकल्प नभएको नैनबहादुरको भनाइ छ ।

‘एडिबीको आर्थिक सहयोगमा ड्रिल्पीमार्फत विसं २०६७/६८ मा बनाइएको खानेपानी आयोजना सञ्चालनमा नआएपछि मैदेवासी कुवाको पानी पिउन बाध्य भएका छौँ,’ नैनबहादुरले भने ।

६० वर्ष पहिलेदेखि मैदेवासीले पिउँदै आएको कुवाको पानीको स्रोतलाई घट्न नदिन मुहान वरिपरि वृक्षरोपण गर्नुपर्ने, कुवालाई संरक्षण गर्न घेरबार, त्यसको पुनःनिर्माणमा जोड दिनुपर्ने मैदेवासीले माग राख्दै आएका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १० : ४७ बजे

पाल्पामा सडक खाना महोत्सव : स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

तानसेन– मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका

मन्त्रिपरिषद्को निर्णय : सशस्त्र प्रहरीको एआईजीमा अञ्जनीकुमार पोखरेल

काठमाडौं– सरकारले आजको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय : भूमि समस्या समाधान समितिमा पदाधिकारी नियुक्त, अञ्जनी पोखरेल सशस्त्रको एआईजीमा बढुवा

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न

प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छ

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यही आइतबार प्रतिनिधिसभामा