ऐतिहासिक विद्यालय– ७०० भन्दा बढी छात्रा अध्ययनरत | Khabarhub Khabarhub

ऐतिहासिक विद्यालय– ७०० भन्दा बढी छात्रा अध्ययनरत


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– तराई क्षेत्रमा पर्ने बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो ।

समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न प्रस्ताव गरे र सरकारीस्तरबाट छात्रा मात्र अध्ययन गर्न पाउने सरस्वती माध्यमिक विद्यालय नेपालगञ्जमा स्थापना गरियो ।

हो, यही सरस्वती विद्यालयमा विगत ७७ वर्षदेखि छात्राले मात्र अध्ययन गर्न पाउँछन् । “छोरीलाई विद्यालय पढाउनुपर्छ, तर एउटा छुट्टै विद्यालय चाहिन्छ भनेर शिक्षाप्रेमी स्व केदारनाथ टण्डन र स्व रामगोपाल टण्डनको सक्रियतामा विसं १९९८ मा सरस्वती विद्यालय स्थापना गरिएको थियो”, नेपालगञ्जका ७१ वर्षीय समाजसेवी विष्णुलाल कुम्हालको भनाइ छ ।

त्यसताका बाँकेमा छोरालाई मात्र पढाउनु पर्छ भन्ने मान्यता थियो । छोरीलाई छोरासँगै विद्यालय पठाए बिग्रन्छन् भन्ने मान्यताले समाजमा जरो गाडेको थियो । यही मान्यतासँग लडेर शिक्षाप्रेमी केदारनाथ र रामगोपालले यो विद्यालय स्थापना गर्न सफल हुनुभएको हो, समाजसेवी कुम्हालले विगतको स्मरण सुनाए ।

विद्यालय स्थापनापछि छात्रालाई अध्यापन गराउन शिक्षिकाको जिम्मेवारी रामकुमारी मेहरोत्रालाई दिइएको थियो । शुरुआती चरणमा ६/७ मात्र छात्रा विद्यालयमा अध्ययन गर्ने यो विद्यालयमा अहिले ७०० भन्दा बढी छात्रा अध्ययनरत छन् ।

छात्रा मात्र पढ्न पाउने र शिक्षिकाले मात्र पढाउन पाउने व्यवस्था गरिएकामा अहिले शिक्षिकाको अभावमा शिक्षकको पनि व्यवस्था गरिएको छ । विसं २०६५ सम्म महिला प्राचार्यले नै विद्यालय सञ्चालन गरिरहेको अवस्था पनि फेरिएको छ । विद्यालयमा अहिले सुरेशकुमार परसैला प्रधानाध्यापकको भूमिकामा छन् ।

“विद्यालयमा कक्षा १२ सम्मको पढाइ शुरु भएपछि प्रधानाध्यापकका लागि हुनुपर्ने योग्यतामा महिला नपाएपछि पुरुष शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गरिएको हो”, प्रधानाध्यापक परसैलाको भनाइ छ । यो विद्यालयमा अहिले शिक्षिकाकै सङ्ख्या बढी छन्, तर त्यसकै हाराहारीमा शिक्षक पनि अध्यापनमा संलग्न छन् ।

“छोरी मात्र अध्ययन गर्ने भएकाले सरस्वती विद्यालयका विद्यार्थीबीच कुनै किसिमको द्वन्द्व छैन, सधैँ शान्त वातावरणमा विद्यालयको पठनपाठन हुने गरेको छ । छात्रा पनि निर्धक्क विना डर, त्रास रमाएर पढ्ने गरेका छन्”, प्राचार्य परसैलाको भनाइ छ ।

छात्रा मात्र अध्ययन गर्न पाउने जस्तै अर्को विद्यालय पनि यस वर्षदेखि नेपालगञ्जमा सञ्चालन गरिएको छ । छात्रछात्रा दुवै पठन पाउने नेपालगञ्जको सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा यस वर्षदेखि छात्रा मात्र अध्ययन गर्न पाउने भएका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १० : ५४ बजे

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पाकिस्तानलाई मोदीको चेतावनी : आणविक ‘ब्लाकमेल’ स्वीकार्य छैन

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य