दक्षिण कोरियामा अत्माहत्या गर्ने नेपाली श्रमिकका परिवारलाई २ लाख ८० हजार क्षतिपूर्ती « Khabarhub

दक्षिण कोरियामा अत्माहत्या गर्ने नेपाली श्रमिकका परिवारलाई २ लाख ८० हजार क्षतिपूर्ती


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियामा अत्माहत्या गर्ने नेपाली श्रमिकका परिवारलाई ३० लाख कोरियन वन (करीब२ लाख ८० हजार नेपाली रुपैयाँ )क्षतिपूर्ती उपलब्ध गराइने भएको छ ।

कोरियाको मानव संशाधन केन्द्रले उक्त रकम मृतकको शव नेपाल पठाउनका लागि दिने भएको हो ।

कोरियामा आत्महत्या गर्ने नेपाली श्रमिकको शव नेपाल झिकाउदाँ लाग्ने खर्चमध्ये करिब आधा (३० लाख कोरियन वन ) एचआरडीले उपलब्ध गराउने गरी सम्झौता गरिएको कोरिया सोलस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

कोरियामा ज्यान गुमाउने नेपाली श्रमिकको शव नेपाल ल्याउनका लागि वैदेशिक रोजगार बोर्डले आधा खर्च पीडितका परिवारलाई सहयोग गर्ने छ ।

कोरियामा मृत्यु हुने नेपालीको शव नेपाल झिकाउँदा लाग्ने खर्च बेहोर्न एचआरडीसँग आग्रह गदाँ उक्त विषयमा एचआरडीले आत्महत्याका घटनामा ३० लाख वन उपलब्ध गराउन तयार भएको नेपाली दूतावासका काउन्सेलर श्रम डिल्लीराम बास्तोलाले बताए ।

यो सम्झौता मे महिनादेखि लागू हुने र केही अत्माहत्या गर्नेको क्षतिपूर्ति आउने क्रममा रहेको उनले जानकारी दिए ।

खाडीका देश, मलेसिया र अन्य देशको हकमा भने वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने नेपालीको शव स्वदेश पठाउने खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था भए पनि जीटुजी सम्झौता गरिएको कोरियाको हकमा भने नेपाल सरकारले सम्पुर्ण खर्च बेहोर्ने गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ११ : २० बजे

उम्मेदवार गाउँ गाउँमा : चुनावी प्रचार तीव्र

भेरीगङ्गा– फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी

चुनाव जितेका बीएनपी नेता तारिकलाई मोदीको बधाई

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका नेता

निषेधाज्ञा छल्दै प्रसाईंसहितका सयौँ राजावादी ज्ञानेन्द्रको स्वागतमा (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन विमानस्थल गेटमा

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

एजेन्सी– संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर

फागुन ४ देखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने

काठमाडौं– नेपाल हक्की संघले यही फागुन ४ गतदेखि काठमाडौंमा राष्ट्रिय