विषादी परीक्षणबाट सरकार ‘ब्याक’ भएपछि कांग्रेसको प्रश्न– शक्तिहरुका अगाडि किन निरीह र लम्पसारवादी ? | Khabarhub Khabarhub

विषादी परीक्षणबाट सरकार ‘ब्याक’ भएपछि कांग्रेसको प्रश्न– शक्तिहरुका अगाडि किन निरीह र लम्पसारवादी ?


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयको सांसदहरुले विरोध गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले सरकार विषादी परीक्षणको निर्णयबाट किन पछि हटेको भन्दै प्रश्न गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति ध्यानाकर्षण गराएकी हुन् ।

कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने भन्दै उनले आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन् ।

“यो कस्तो गाईजात्रा हो सभाअध्यक्ष ज्यू रु आफै निर्णय गर्ने अनि आफै फेरि कार्यान्वयन नगर्ने ? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लर्याकलुरुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलो भित्र छिरेको छ ?”

उनले विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाईका साथ रोक लगाउन र त्यस कार्ययोजना बारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

यता प्रतिनिधिसभाको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विषादी परीक्षणलाई रोकेर सरकारले लम्पसारवादी नीति अघि बढाएको आरोप लगाएका छन् ।

‘जनताको जीवनको रक्षा गर्ने सरकारले त्यही अखाद्य तरकारी र फलफूलहरु जस्ताको तस्तै ल्याउन दिएको छ’ सचेतक खाँडले भने,‘ यसमा सरकारले घुँडा टेकेको छ, सरकारले यसमा लम्पसारवादी नीति अघि बढाएको छ । शक्तिहरुका अगाडि निरीहर र लम्पसार बनेको छ । यो लम्पसाररले नेपाली जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको छ ।’

खाँडले यसको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने माग गरे ।

‘नागरिकको जीवन रक्षाको अधिकार, खाद्यसुरक्षाको अधिकारको रक्षा गरियोस् हाम्रो पार्टीको तर्फबाट ध्यान आकर्षण गर्न चाहन्छु’ खाँडले भने,‘यो अखाद्य पदार्थ किन बजारमा छ्याप्छ्याप्ती ल्याउन दिइएको छ । हिजो किन रोकियो, विषाक्त पदार्थलाई परीक्षण गर्छु भनेर मन्त्रीले बारम्बार भनेको सुनियो त्यही सरकारले विषाक्त पदार्थलाई किन भान्सामा पुर्‍याउँदैछ ? अविलम्ब सम्बन्धित मन्त्रीले जाफ दिनुहोस् ।’

असार २ गते राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्टाउदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : २५ बजे

जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ