प्रधानमन्त्रीलाई गगनको प्रश्न– घुँडामा भ्वाङ कत्रो परेको छ, बताइदिनुहुन्छ कि ? « Khabarhub

प्रधानमन्त्रीलाई गगनको प्रश्न– घुँडामा भ्वाङ कत्रो परेको छ, बताइदिनुहुन्छ कि ?


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले विषादी परीक्षणबाट पछि हटेको भन्दै सरकारको आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले केही समय महंगो तरकारी खाएर, वा तिउन बिनाको भोजन गरेरै भएपनि सरकारको कामलाई सहयोग गर्न तयार भएपनि सरकार पारीतिरबाट आएको खोकीको मन्द आवाजले नै थला परेको बताए ।

यसो भने सांसद थापाले संसदमा

सरकारले आयात हुने कृषिजन्य पदार्थको विषादी परीक्षण गर्ने नियम लागू गर्‍यो । आवश्यक तयारी बिना काम सुरु गरेकाले अप्ठ्यारो त पर्ने नै भयो । झन्झटिलो त हुने नै भयो । तर पनि काम सही भएकाले केही समयका लागि महंगो तरकारी खाएर होस्, वा तिउन बिनाको भोजन गरेर होस् ।

सरकारको कामलाई सहयोग गर्न तयार भएकै थियौं । हाम्रो यस्तो साथ पाएपछि लागेको थियो, आफ्नो निर्णयमा सरकार अडिइरहने छ । विलम्ब नगरी भन्सार बिन्दूमा पूर्वाधार बनाउने छ र ठोकेर भन्ने छ‘मेरो देशमा बिषादी परीक्षण नगरी तरकारी फलफूल भित्रन दिइने छैन ।’

अझ जनताको यस्तो साथ पाएपछि अब पारीबाट वारी आउने फलफूल र तरकारीसँगै वारीबाट पारि जाने चिया र अलैंचीको पनि हिसाबकिताब हुने छ भनेर गर्जेर भन्ला भनेको त पारीतिरबाट आएको खोकीको मन्द आवाजले नै थला पो पर्‍यो हाम्रो सरकार !

यति भनेपछि के भन्नु र सभामुख महोदय । प्रधानमन्त्रीको बोलीको मान राख्न मास्क नलगाई विषाक्त हावा सेवन गरेकै थियौं । अब सरकारको निर्णयको मान राख्न परीक्षण बिनाको तरकारी फलफूल पनि खाइदिउँला ।

बस् प्रधानमन्त्रीज्युलाई यतिमात्रै सोध्न बाँकी छ– तपाईंको राष्ट्रवादी खुट्टा देखिइसकिएकै हो ? घुँडामा भ्वाङ कत्रो परेको छ ? बताइदिनुहुन्छ कि ?’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : ४९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ