सेना, प्रहरी, सशस्त्र र कर्मचारीका नाममा सक्रिय श्रीमती संघ खारेज गर्न सांसदको माग « Khabarhub

सेना, प्रहरी, सशस्त्र र कर्मचारीका नाममा सक्रिय श्रीमती संघ खारेज गर्न सांसदको माग


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाकी सांसद पम्फा भुसालले सैनिक, प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीका नाममा सञ्चालनमा रहेका श्रीमती संघहरु खारेजीको माग गरेकी छिन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद भुसालले जन्मको आधारमा नभइ कर्म,योग्यता र क्षमताका आधारमा र जनमतको आधारमा अघि बढ्न गणतन्त्रको आन्दोलन गरेको भएपनि देशमा वंशवादी र पितृसत्तावादी सामान्तवादी परिपाटी कायम रहेको बतएकी छिन् ।

श्रीमानले जागिर खाएको आधारमा श्रीमतीले सुविधा लिने, परिवारका सदस्यले सुविधा लिने व्यवस्थालाई गणतन्त्रले अन्त्य गरेको भएपनि सैनिक, प्रहरी, सशस्त्र र कर्मचारीमा यो व्यवस्था कायम रहेको उनको भनाइ थियो ।

‘राष्ट्र प्रमुखसँग सम्बन्ध गाँसे महारानी हुने, उनका छोराछोरीहरु युवारज हुने र नागरिकभन्दा माथि हुने व्यवस्था हामीले अन्त्य गरेका छौं’ सांसद भुसालले भनिन्,‘महत्वपूर्ण निकायमा त्यो जारी छ । हिजोको शाही नेपाली सेना नेपाली सेना बन्यो तर आज पनि त्यहाँ सैनिक श्रीमती संघ विद्यमान छ, नेपाल प्रहरीमा नेपाल प्रहरी श्रीमती संघ छ, शसस्त्र प्रहरीमा प्रहरी परिवार संघ छ र निजामती प्रशासनमा पनि निजामति कर्मचारी श्रीमती संघ छ ।’

पछिल्लो प्रधानसेनापतिले आफ्नी श्रीमतीलाई महारानी नभनियोस् भनेर निर्देशन दिएको भनेर सुनेको भन्दै सांसद भुसालले त्यो सकारात्मक सकारात्मक भएको बताइन् ।

यी संस्थाहरु हिजोको परिवार र वंशवादमा आधारित पितृसत्तावादी सोचमा बनेका संस्थाहरु भएको भन्दै भुसालले यी सामन्ति पितृसत्तावादी संस्थाको खारेज गर्न सरकारसँग माग गरिन् ।

‘राज्यका महत्वपूर्ण निकायमा अहिले पनि रातजन्त्रको धंगधंगिहरु छन् । ति पितृसत्तावादी संघहरु क्रियाशिल छन् । राज्यका ति निकायबाट चलेका छन् ’ भुसालले भनिन्,‘ गणतन्त्रसँग मेल नखाने र आफ्ना श्रीमानका हैसितबाट हैसियत निर्माण गर्ने यी सामन्ति पितृसत्तावादी संस्थाको यथा सम्भव खारेज गरियोस् भनेर सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ३ : ३४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५