डाइपरमा लुकाएर सुन तस्करी, कतारबाट फर्केका लीलाबहादुर बस्नेत विमानस्थलबाटै पक्राउ « Khabarhub

डाइपरमा लुकाएर सुन तस्करी, कतारबाट फर्केका लीलाबहादुर बस्नेत विमानस्थलबाटै पक्राउ


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले डाइपुरमा लुकाएर ल्याएको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका क्रममा तीन वर्ष कतारमा काम गरेर फर्कदै गरेका लीलाबहादुर बस्नेतलाई प्रहरीले दुई दर्जन बढी डाइपरमा लुकाएर ल्याएको अवैध सुनसहित पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बस्नेतलाई पक्राउ गरेको डिएपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनको साथमा बच्चाले लगाउने २५ भन्दा बढी डाइपर भेटिएको र ती डाइपरमा सुन भेटिएको प्रहरीले जनाएको छ ।

बस्नेतको साथमा भेटिएको डाइपर यतिबेला प्रहरीले खोलिरहेको छ । सुनको मात्र सबै डाइपर खोलिसकेपछि थाहा हुने प्रहरीले जनाएको छ ।

राम थापा भन्ने व्यक्तिले स्याम्पोसहित आफुलाई ती डाइपर पठाएको र एयरपोर्टमा मान्छे लिन आउँछन् भनेको बस्नेतले बयान दिएका छन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बस्नेत पक्राउ परेसँगै अवैध सुन तस्करीको नयाँ शैली प्रहरीले फेला पारेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ३ : ४० बजे

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करमा मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन