अफगानिस्तानमा तालिबानले गरेको आक्रमणमा १२ जना मारिए « Khabarhub

अफगानिस्तानमा तालिबानले गरेको आक्रमणमा १२ जना मारिए


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा इस्लामिक लडाकु समूह तालिबानले गराएको कार बम आक्रमणमा १२ जना मारिएका छन् । अफगानिस्तानको गजनी प्रान्तमा भएको विष्फोटमा अरु १७९ जना घाइते भएका छन् ।

गजनी प्रान्तको राजधानी शहरस्थित राष्ट्रिय सुरक्षा निर्देशनालय अगाडी कार बम आक्रमण भएको हो । अधिकारीका अनुसार आक्रमणमा ज्यान गुमाउनेमा ८ सुरक्षा अधिकारी तथा ४ सर्वसाधारण छन् ।

तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले आक्रमणमा आफ्नो समूहको संलग्नता रहेको पुष्टि गर्दै आक्रमणमा दर्जनौं सुरक्षाकर्मी मारिएको तथा घाइते भएको दाबी गरेका छन् ।

आक्रमण आत्मघाती प्रकृतिकोजस्तो देखिएको र यसबारे अनुसन्धान अघि बढाइएको अफगान सुरक्षा अधिकारीले जनाएका छन् ।

पछिल्लो केही समययता तालिबानले अफगानिस्तानमा सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी दैनिकजसो आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ३ : ५६ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका