संसदको शुन्य समयमा सरकारविरुद्ध खनिए सांसद | Khabarhub Khabarhub

संसदको शुन्य समयमा सरकारविरुद्ध खनिए सांसद


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालको ट्वीटबारे प्रतिनिधिसभामा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांंग्रेसका सांसद अतहर कमाल मुसलमानले नाम उल्लेख नगरीकनै ट्वीट मा उल्लेखित ‘छौँडाहरु’ को, कसरी संचालित छन् भनी प्रश्न गरे ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार रिमालको ट्वीटबारे सर्वत्र चर्चा भईरहेका बेला सांसद मुसलमानले सरकारलाई नै ‘छौँडाहरु’ का बारेमा प्रश्न गरेका हुन् । उनले भने, ‘यो मेरो भनाई होइन । कसैको टुइटको भनाई हो । विदेशी वा स्वदेशीले देशमा हाल छौडाहरु छोडिरहेका छन् । त्यही छौडाहरु देशमा चलायमान हुँदा राष्ट्रवादको मास्क लगाएको सरकारले देशमा विदेशी प्रभुको इसारामा आइफा गर्न लागेको अवस्था देखिन्छ ।

त्यही छौडाहरु अझै सक्रिय हुँदा विभिन्न देशबाट आयात भइरहेका विषादी युक्त तरकारी र खाद्यान्नहरु विना परीक्षण नेपाल भित्रिइरहेका छन् र नेपाली जनताले विषादी युक्त तरकारी खान बाध्य भएका छन् । यसरी जनताको स्वास्थ्य संग खेलवाड गर्ने, धर्म संस्कृतिमा प्रहार गर्ने, विदेशीको इसारामा राष्ट्रवादको नयाँ बहस सुरु गर्ने ति छौडाहरु कहाँ कसरी चलायमान छन् ? र ती छौडा को कसबाट संचालनमा छन् ?”

शून्य समयमा बोल्दै सांसद गगन थापाले आफुलाई राष्ट्रवादी बताउने सरकारले विदेशीको दबाबमा भारतबाट आयातित तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने निर्णय गरेको भन्दै “तपाईको राष्ट्रवादी खुट्टा देखि सकिएकै हो । घुँडामा भ्वाङ कत्रो परेको छ बताईदिनुहुन्छ कि ? ”भनी प्रधानमन्त्रीलाई प्रश्न गरे ।

त्यसैगरी सांसद अग्निप्रसाद सापकोटाले बर्षा संगै आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ अन्र्तगत जुगल गाउपालिकास्थित उज्यालो हाइड्रोका इन्जिनियर मुक्ति सिवाकोटी र सुनकोशी गाउपालिकाको मार्मि खोलामा आएको बाढीले बगाएर शिवश्री हाईड्रो पावर कम्पनीका साईड इन्चार्ज यादव प्रसाद काफ्ले र इलेक्ट्रिसियन राम अवतार चौधरी वेपत्ता भएको भन्दै खोजी कार्य तीव्र पारी घाइतेको उपचारको माग गरे ।

सांसद कृष्ण प्रसाद दाहालले कान्ति लोकपथको भीमफेदी गाउपालिकाको गँगटे पाखामा शिवंम् सिमेण्टले मापदण्ड विपरित बाटो खनेकाले किसानका खेत समेत पुरिएको भन्दै मापदण्ड विपरित पाखा खन्ने र पैरो चलाउने उद्योगलाई कारवाही गरि किसानलाई क्षतिपुर्ति उपलब्ध गराउन माग गरे ।

सांसद अमनलाल मोदीले खेती गर्ने समयमा किसानहरुलाई आवश्यकता अनुसार मलखादको उचित प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद अमृता थापाले राजधानी काठमाडौंमा आवश्यकता अनुसार प्रविधियुक्त ट्राफिक लाईटको व्यवस्था गर्न माग गरिन् ।
सांसद इन्दु कुमारी शर्माले चुरे दोहान हुने क्रम बढ्दै जाँदा तराई मधेसमा पछिल्लो समय खानेपानीको समस्या बढ्दै गएको भन्दै चुरे र भावर दोहन गरी अबैध उत्खनन् हुने कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद उमा रेग्मीले जनताको हित प्रतिकुल हुने विधेयक नल्याउन सरकारलाई चेतावनी दिए । सांसद कलु देवी विश्वकर्माले कैलालीकाका किसानले मलखादको अभाव भोग्नुपरेको भन्दै मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कुमारी मेचेले झापा क्षेत्र नम्बर १ मा मेचेहरुको अन्तर्राष्ट्रिय भवन निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारसँग माग गरेकी थिइन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : ०७ बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर