देशको माया छ भने पहिले संगीत बचाउनुस्: कुमार बस्नेत « Khabarhub

देशको माया छ भने पहिले संगीत बचाउनुस्: कुमार बस्नेत


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – कुनै समय थियो, गायकहरुले नेपालका गाउँगाउँ डुलेर गीत तयार पार्ने गर्थे । पछिल्लो पुस्ताका गायक गायिकाले भने संगीत चोरी गर्ने गरेको आरोप निरन्तर खेप्नुपरेको छ । यसैबीच वरिष्ठ गायक कुमार बस्नेले पछिल्लो समय संगीत चोरी हुन थालेको घटना लाजमर्दो भएको बताएका छन् ।

साथै उनले नेपाली संगीत क्षेत्रमा गीत चोरीका घटना बढेकोमा उनले चिन्ता व्यक्त गरे । ‘चोरेर खुशी हुन्छन्, अब हामीले के भन्ने ? मैले बोलेर हुने कुरा होइन, मलाई त नेपाली हुँ भन्न पनि लाज लाग्न थाल्यो,’ खबरहबसँगको कुराकानीमा गायक बस्नेतले भने, ‘पहिले पहिले चोर्नु महापाप हो भन्थे, अहिले चोरेर ठूलो भइन्छ भन्ने परेको छ ।’

उनले नेपाली संस्कृति बचाउने हो भने पहिले नेपाली मौलिक गीत बचाउनुपर्ने धारणा राखे । ‘देशप्रति माया छ भने पहिले संगीत बचाउनुस्, अस्तित्व बचाउनुस्,’ उनले भने ।

पछिल्लो समय नेपाली संगीत क्षेत्रमा संगीत चोरीको आरोप बहसको विषय बनेको छ । केही समयअघि गायक प्रकाश सपूतको गीत ‘गलबन्दी’ पनि चोरीको लफडामा मुछिएको थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : २६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म