चिनियाँ पर्यटकलाई विधेयकबारे जानकारी गराउन हङकङमा प्रदर्शन | Khabarhub Khabarhub

चिनियाँ पर्यटकलाई विधेयकबारे जानकारी गराउन हङकङमा प्रदर्शन


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा दशौं हजारले हङकङस्थित तीब्र गतिको चिनियाँ रेल सेवामा प्रदर्शन गरेका छन् ।

मुख्यभूमि चीनबाट आएका पर्यटकलाई विवदास्पद सुपुर्दगी विधेयकबारे जानकारी गराउनका लागि हङकङको पश्चिम क्वालुनस्थित रेल सेवालाई लक्षित गरी दशौं हजारले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण रेल सेवा अस्तव्यस्त बनेको हङकङको अनलाइन समाचार पोर्टल हङकङ फ्रि प्रेसले लेखेको छ । चीनको समाचार संस्था तथा टेलिभिजनहरुले हङकङमा भएको प्रदर्शनलाई प्रकाशन तथा प्रसारण नगर्ने गरेको बताइन्छ । त्यस्तै, सामाजिक सञ्जालमा पनि प्रदर्शनबारेका सामग्री हटाइने गरिएको छ ।

प्रदर्शनकारीले मुख्यभूमि चीनबाट आउने पर्यटकका लागि प्रख्यात पर्यटकीय केन्द्रमा समेत प्रदर्शन गरेका छन् । प्रदर्शनलाई मध्यनजर गर्दै १ हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको छ भने प्रदर्शन शान्तिपूर्ण रहेको बताइएको छ ।

पछिल्ला केही सातायता हङकङमा उक्त सुपुर्दगी विधेयकलाई लिएर प्रदर्शन हुँदै आएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको घोषणा गरेपनि प्रदर्शनकारीले भने विधेयक पूर्ण रुपमा फिर्ता लिइनुपर्ने तथा क्यारी लामले पदबाट राजीनामा दिनुपर्ने अडान लिँदै आएका छन् ।

अघिल्लो सातामात्र हङकङमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले त्यहाँको व्यवस्थापकीय परिषद्को भवनमा तोडफोड गरेका थिए ।
विवदास्पद सुपुर्दगी कानून लागू भएमा हङकङमा बसिरहेका मानिसहरुलाई मुख्यभूमी चीनमा सुपुर्दगी हुनसक्ने र त्यसबाट उनीहरुको मानवअधिकार हनन् हुने तथा हङकङको साख घट्ने प्रदर्शनकारीको भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : ५० बजे

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन