चिनियाँ पर्यटकलाई विधेयकबारे जानकारी गराउन हङकङमा प्रदर्शन « Khabarhub

चिनियाँ पर्यटकलाई विधेयकबारे जानकारी गराउन हङकङमा प्रदर्शन


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा दशौं हजारले हङकङस्थित तीब्र गतिको चिनियाँ रेल सेवामा प्रदर्शन गरेका छन् ।

मुख्यभूमि चीनबाट आएका पर्यटकलाई विवदास्पद सुपुर्दगी विधेयकबारे जानकारी गराउनका लागि हङकङको पश्चिम क्वालुनस्थित रेल सेवालाई लक्षित गरी दशौं हजारले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण रेल सेवा अस्तव्यस्त बनेको हङकङको अनलाइन समाचार पोर्टल हङकङ फ्रि प्रेसले लेखेको छ । चीनको समाचार संस्था तथा टेलिभिजनहरुले हङकङमा भएको प्रदर्शनलाई प्रकाशन तथा प्रसारण नगर्ने गरेको बताइन्छ । त्यस्तै, सामाजिक सञ्जालमा पनि प्रदर्शनबारेका सामग्री हटाइने गरिएको छ ।

प्रदर्शनकारीले मुख्यभूमि चीनबाट आउने पर्यटकका लागि प्रख्यात पर्यटकीय केन्द्रमा समेत प्रदर्शन गरेका छन् । प्रदर्शनलाई मध्यनजर गर्दै १ हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको छ भने प्रदर्शन शान्तिपूर्ण रहेको बताइएको छ ।

पछिल्ला केही सातायता हङकङमा उक्त सुपुर्दगी विधेयकलाई लिएर प्रदर्शन हुँदै आएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको घोषणा गरेपनि प्रदर्शनकारीले भने विधेयक पूर्ण रुपमा फिर्ता लिइनुपर्ने तथा क्यारी लामले पदबाट राजीनामा दिनुपर्ने अडान लिँदै आएका छन् ।

अघिल्लो सातामात्र हङकङमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले त्यहाँको व्यवस्थापकीय परिषद्को भवनमा तोडफोड गरेका थिए ।
विवदास्पद सुपुर्दगी कानून लागू भएमा हङकङमा बसिरहेका मानिसहरुलाई मुख्यभूमी चीनमा सुपुर्दगी हुनसक्ने र त्यसबाट उनीहरुको मानवअधिकार हनन् हुने तथा हङकङको साख घट्ने प्रदर्शनकारीको भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : ५० बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत