बोको हरामले थापेको ‘एम्बुस’मा ५ सैनिकको ज्यान गयो « Khabarhub

बोको हरामले थापेको ‘एम्बुस’मा ५ सैनिकको ज्यान गयो


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा– नाइजेरियामा लडाकु समूह बोको हरामले उत्तरपूर्वी धराप थापेर गराएको आक्रमणमा कम्तीमा ५ सैनिकको ज्यान गएको छ ।

गत बिहीबार नाइजेरियाको बोर्नो राज्यस्थित दाम्बोआ क्षेत्रमा बोको हराम लडाकुको गढमा कारवाही गर्न गएका नाइजेरियाका सैनिकलाई लडाकुले धराप थापेर आक्रमण गरेको नाइजेरियाली अधिकारीले आइतबार जनाएका छन् ।

आक्रमणमा अरु दर्जनौं सैनिक हराइरहेको र अन्य केही घाइते भएको जनाइएको छ । अरु धेरै सङ्ख्यामा नाइजेरियाली सेना हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

नाइजेरियामा सक्रिय बोको हराम लडाकुले बेलाबेला सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : १६ बजे

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा