४ घण्टाको पदाधिकारी बैठकपछि शुरु भयो कांग्रेस केन्द्रीय समिति « Khabarhub

४ घण्टाको पदाधिकारी बैठकपछि शुरु भयो कांग्रेस केन्द्रीय समिति


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-१४ औ महाधिवेशनको कार्यतालिका बनाउने विषयमा सहमति भएपछि कांग्रेसको केन्द्रिय समिति बैठक आज (आइतबार)बाट शुरु भएको छ ।

करिब ४ घण्टा लामो पदाधिकारी बैठकपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकाबीचमा विधानअनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाअनुसार गठन गरेपछि महाधिवेशनको कार्यतालिका बनाउने विषयमा सहमति भएको हो ।

दुई नेताकाबीचमा भएको सहमतिअनुसार अन्तरिम व्यवस्थाको प्रयोग गरी पार्टीको स्थानीय तहदेखि निर्वाचन क्षेत्र हुँदै जिल्ला र प्रदेश तहको संरचना गठन हुनेछ । त्यसपछि महाविधेशनको मिति तोक्ने र त्यसका लागि काम थाल्ने सहमति भएको हो ।

कांग्रेसको महाविधेशन आगामी फागुनमा गर्नुपर्ने भएपनि सभापति देउवा पक्षका नेताहरुले विधानले दिएको व्यवस्थाको प्रयोग गर्दै डेढ वर्ष समय थप्ने तयारीमा छन् । त्यसकै विरोधस्वरुप महाविधेशनको तालिका समेत केन्द्रिय समितिमा पेश गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेल समुहले विरोध गर्दै आएको थियो ।

दुई नेताका बिचमा सहमति भएपछि आइतबारको बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेको कांग्रेसले जनाएको छ । नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वितरण बैठक समापन भएको र नियमावलीको अध्ययनपछि असार २७ गते अर्को बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ९ : २५ बजे

निर्वाचन आउन नौ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

आज २०८२ साल फागुन १२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले