४ घण्टाको पदाधिकारी बैठकपछि शुरु भयो कांग्रेस केन्द्रीय समिति « Khabarhub

४ घण्टाको पदाधिकारी बैठकपछि शुरु भयो कांग्रेस केन्द्रीय समिति


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-१४ औ महाधिवेशनको कार्यतालिका बनाउने विषयमा सहमति भएपछि कांग्रेसको केन्द्रिय समिति बैठक आज (आइतबार)बाट शुरु भएको छ ।

करिब ४ घण्टा लामो पदाधिकारी बैठकपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकाबीचमा विधानअनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाअनुसार गठन गरेपछि महाधिवेशनको कार्यतालिका बनाउने विषयमा सहमति भएको हो ।

दुई नेताकाबीचमा भएको सहमतिअनुसार अन्तरिम व्यवस्थाको प्रयोग गरी पार्टीको स्थानीय तहदेखि निर्वाचन क्षेत्र हुँदै जिल्ला र प्रदेश तहको संरचना गठन हुनेछ । त्यसपछि महाविधेशनको मिति तोक्ने र त्यसका लागि काम थाल्ने सहमति भएको हो ।

कांग्रेसको महाविधेशन आगामी फागुनमा गर्नुपर्ने भएपनि सभापति देउवा पक्षका नेताहरुले विधानले दिएको व्यवस्थाको प्रयोग गर्दै डेढ वर्ष समय थप्ने तयारीमा छन् । त्यसकै विरोधस्वरुप महाविधेशनको तालिका समेत केन्द्रिय समितिमा पेश गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेल समुहले विरोध गर्दै आएको थियो ।

दुई नेताका बिचमा सहमति भएपछि आइतबारको बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेको कांग्रेसले जनाएको छ । नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वितरण बैठक समापन भएको र नियमावलीको अध्ययनपछि असार २७ गते अर्को बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ९ : २५ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली