स्पेनको साँढे दौडाइने महोत्सवमा ५३ जना घाइते « Khabarhub

स्पेनको साँढे दौडाइने महोत्सवमा ५३ जना घाइते


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मड्रिड– उत्तरी स्पेनको पाम्प्लोना शहरमा आयोजना हुने साँढे दौडाइने  महोत्सवमा ५३ जना घाइते भएका छन् ।  महोत्सवको पहिलो दिन ३ जनालाई साँढेले हानेको स्पेनी रेडक्रसले जनाएको छ ।

त्यस्तै, अरु २ जनाको टाउकोमा चोट लागेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । यो वर्षको साँढे दौडने समारोहमा पुएर्तो सान दे लोरेन्जोका साँढेहरुको सहभागिता रहेको जनाइएको छ ।

गत वर्षको साँढे दौडिने समारोहको पहिलो दिन एकजनामात्र घाइते भएका थिए । सन् २००९ मा एक जनाको मृत्यु भएयता साँढे दौडिने समारोहमा कसैले ज्यान गुमाएका छैनन् । पाम्प्लोना शहरमा हरेक वर्ष साँढे दौडिने समारोह चल्ने गर्छ । ८ दिनसम्म चल्ने समारोहमा हरेक वर्ष लाखौं पर्यटकको सहभागिता रहने गर्छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ९ : ४० बजे

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस। हरेक वर्ष डिसेम्बर

शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : देशभर चिसो बढ्यो, तराईमा हुस्सु

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका पहाडी

शनिबार शनिदेवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने

नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौं – क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको