कांग्रेसले अन्तरिम एकाइ गठनपछि महाधिवेशन प्रक्रिया थाल्ने « Khabarhub

कांग्रेसले अन्तरिम एकाइ गठनपछि महाधिवेशन प्रक्रिया थाल्ने


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले पार्टी विधानको धारा ७२ (४) बमोजिम पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यसूची प्रस्तुत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसबाहेक बैठकमा महामन्त्री खड्काले नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको ‘कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गर्ने, विधानबमोजिम क्रियाशील सदस्यता नवीकरण एवं वितरणसम्बन्धी, पहिलो चरणको राष्ट्रिय जागरण अभियानको एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत प्रस्तुत गरेको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले गत वैशाख २५ देखि जेठ २५ गतेसम्म मुलुकभर एकसाथ पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको थियो ।

त्यस्तै बैठकमा कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गर्ने, केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि प्रस्तुत गरिएका छन् ।

बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धमा, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन गर्ने, तनहुँमा अवैध रुपमा गठन भएको कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्बन्धमा, देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ र विविध गरी १४ कार्यसूची पेश भएका छन् ।

कार्यसूची प्रस्तुतिपश्चात् बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक एवं केन्द्रीय सदस्य रमेश लेखकले ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेको मुख्यसचिव पौडेलले जानकारी दिए । नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका सबैलाई वितरण गरी आजको बैठक समापन भएको थियो । नियमावलीको अध्ययनपश्चात् यही असार २७ गते अपराह्न १ बजे बैठक पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए।

बैठकको प्रारम्भ गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरु, जिल्ला, क्षेत्र एवं स्थानीय तहसम्मको नेतृत्वलगायत सबैलाई बधाई एवं धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ९ : ५७ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका