भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन « Khabarhub

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मंगलबार उनको निधन भएको हो । मंगलबार बेलुकी हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

एक्कासी हृदयघात भएपछि उनलाई स्थानीय समयअनुसार राति सवा १० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालमा उनका परिवारका सदस्य भाजपाका वरिष्ठ नेताहरु डा. हर्षवर्धन, नितिन गड्करी, पियूष गोयललगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । निकै हक्की र भारतलाई विश्वमा प्रतिनिधित्व गराउनका लागि विदेशमन्त्रीको रुपमा उनले निकै प्रभावशाली भूमिका निर्वाह गरेकी थिइन् ।

यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल काँग्रेससहितका राजनीतिक दल तथा नेताहरुले शोक व्यक्त गरेका छन् ।

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी उनले यसैवर्ष भएको आम निर्वाचनमा भने स्वास्थ्यका कारण उम्मेद्वारी दिएकी थिइनन् । हालै नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा दोश्रो कार्यकालको सपथ ग्रहण गर्ने बेला पहिलो कार्यकालमा आफूलाई विदेशमन्त्रीको जिम्मेवारी दिएकोमा उनले प्रधानमन्त्रीलाई धन्यवाद दिएकी थिइन् । स्वराजका पतिसहित एक छोरी छिन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १२ : १८ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्