नमूना नगर बनाउन रक्सी खाने समय तोकियो « Khabarhub

नमूना नगर बनाउन रक्सी खाने समय तोकियो


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले यसको सेवन गर्ने समय तोकेको छ ।

नगरपालिकाका १३ नमूना बस्तीमा ६ महिनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न उर्दी जारी गरेको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट नमूना बस्तीबाहेक अन्य ठाउँमा साउन १ गतेदेखि लागू हुने गरी कात्तिक मसान्तसम्म बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने निर्णय गरिएको छ ।

त्यसैगरी मंसिर १ देखि फागुन ३० गतेसम्म बेलुका ६ बजेदेखि ८ बजेसम्म सेवन गर्न पाइने निर्णय भएको छ । त्यस्तै चैत १ गतेदेखि २०७७ असार मसान्तसम्म ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने उल्लेख छ । छिमेकी जिल्ला रुकुम पश्चिम आठविसकोट नगरपालिकाको सिको गर्दै नलगाड नगरपालिकाले मदिरा निषेध गर्ने अभियान थालेको हो । नगरपालिकाको यो निर्णयमा कस्तो खालको मदिरा सेवन गर्न पाइने भन्ने कुरा खुलाइएको छैन ।

नगरपालिकाले १३ ठाउँमा नमूना बस्ती निर्माण गरी त्यहाँ साँचिक्कै कामको नमूना हुनुपर्ने अवधारणा लागू गरी बजेटसमेत व्यवस्था गरेको छ । नमूना गाउँमा स्वागतद्वार, सरसफाइ, खानेपानी, खोपयुक्त हुनुपर्ने लगायतको मापदण्ड बनाएर काम भइरहेको छ । यो भन्दा अगाडि नलगाड नदी र भेरी नदीमा माछा मार्न प्रतिबन्ध लगाएको नगरपालिकाले अहिले मदिरा सेवन गर्न समय तोकेको हो । नगरपालिकाले सेवन नगर्न उर्दी जारी गरे पनि आम नागरिकको पहुँचमा सूचना प्रवाह नहुँदा कार्यान्वयनमा समस्या हुने देखिएको छ ।

स्थानीय सरकारले सञ्चारमाध्यममा सूचना प्रसारण र प्रकाशन नगर्ने तर फेसबुकमा मात्र चिठ्ठी प्रकाशित गर्दा आम नागरिकसम्म जानकारी कम हुने गरेको स्थानीय पत्रकार बद्री पन्तले बताउनुभयो । मदिरा निधेष गरे पनि स्थानीय सरकारका प्रतिनिधि आफैं मदिरा सेवन गरेको समेत फेला परेको स्थानीयवासीको गुनासो छ । सबै ठाउँमा प्रहरीको उपस्थिति नहुने र जनप्रतिनिधिले निर्णय कार्यान्वयनमा लापरवाही गर्दा निर्णय कार्यान्वयनमा समस्या भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ०८ बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग