कश्मीर तनावले चीन र भारतबीच ‘वाक-युद्ध’ चर्कियो « Khabarhub

कश्मीर तनावले चीन र भारतबीच ‘वाक-युद्ध’ चर्कियो


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतले धारा ३७० खारेज गर्दै जम्मू कश्मीरलाई टुक्राएको विषयमा भारत र चीनबीच ‘बाक युद्ध’ चर्किएको छ । भारतीय यो कदमको चीनले असन्तुष्टी जनाएपछि भारतले त्यसको प्रतिवाद गरेको छ ।

चीनले चिनियाँ सीमाको पश्चिमतर्फको आफ्नो भूभाग भारतले आफ्नो प्रशासनभित्र पारेको प्रसंगमा मंगलबार टिप्पणी गर्न आग्रह गर्दा भारतको विदेश मन्त्रालयका प्रवक्ता रभीसकुमारले भनेका छन्,‘‘जम्मु काश्मीर ‘रिअर्गनाइजेसन बिल २०१९’भारतको भूभागसँग सम्बन्धित आन्तरिका मामिला हो ।

भारतले अरु देशको आन्तरिक मामिलाबारेमा प्रतिक्रिया दिन चाहँदैन । अरु देशले पनि त्यसै गरुन् भन्ने चाहन्छ ।”

चीनले भारतले सीमाको पश्चिम क्षेत्रमा रहेको चिनियाँ भूभागलाई आफ्नो प्रशासन भित्र पारेको भन्दै आपत्ति जनाएको हो । चिनियाँ विदेश प्रवक्ताले मंगलबार बेइजिङमा यसले चीनको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा असर पर्ने समेत जनाएकी छन् ।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार उनले सो अवसरमा यो अस्वीकार्य र गैरकानुनी भएको बताएकी छन् । उनको संकेत काश्मीरको लद्दाख क्षेत्रतर्फ रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : २८ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता