संसदको शुन्य समयमा प्रधानमन्त्रीलाई प्रश्न– जनता नै नबाँचे तपाईंको रेल कसले चढ्ला ? « Khabarhub

संसदको शुन्य समयमा प्रधानमन्त्रीलाई प्रश्न– जनता नै नबाँचे तपाईंको रेल कसले चढ्ला ?


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले आफूले प्रतिनिधित्व गर्ने क्षेत्र तथा राष्ट्रियस्तरका विविध मुद्दाबारे सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा सदस्य मोहन बानियाले जनप्रतिनिधिले सदनमा उठाएका आवाजको सम्बन्धित निकायबाट सुनुवाइ नभएको भन्दै सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।

संसद वैठकको विशेष र शुन्य समयमा उठेका आवाजको सम्बन्धित निकायबाट जिम्मेवारीपूर्वक सुनुवाइ हुनुपर्ने भन्दै सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन सभामुखसंग आग्रह गरे ।

सांसद रंगमती शाहीले जनताहरु विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य भइरहेको भन्दै जनताको स्वास्थ्यप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

‘विषादीयुक्त तरकारी खाएपछि विरामी भइन्छ भन्ने थाहा छ । प्रधानमन्त्रीज्यू तपाईं बिरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ । हामी जनता बिरामी भए सिटामोल खान पाउँदैनौ । हामी जनता बाँचे पछि नै तपाईको रेल र पानी जहाज चढौला । हामी नै बाँचेनौ भने तपाईंको रेल र पानी जहाज कस्ले चढ्ला ? यो जनताको आवाज हो ।’

सांसद बिमला नेपालीले लोकसेवा आयोगले ९ हजार भन्दा बढी पदका लागि आव्हान गरेको विज्ञापन संविधान र प्रचलित कानून बमोजिम नभएको भन्दै संसदीय समितिले आयोगलाई नीतिगत निर्देशन गर्दा पनि सुनुवाइ नभएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बृजेश कुमार गुप्ताले बाली लगाउने समयमा किसानले मलखाद नपाएको उल्लेख गर्दै भविष्यमा खेतीको समयमा मल अभाव हुन नदिन पूर्व तयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद भैरव बहादुर सिंहले बझाङ जिल्लाको थलरा गाउपालिकामा एक महिलाको बलात्कार पछि हत्या गर्ने प्रयास भएको भन्दै अपराधी पहिचान गरि कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद महेश बस्नेतले भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडकखण्ड ६ लेनको बनाउने र कोटेश्वरमा सुरुङ मार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगाका अधिकांश स्थान सुख्खाग्रस्त भई स्थानीय आक्रान्त बनेको भन्दै स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै, सांसदहरु राजेन्द्र कुमार राई , रानी मण्डल लगायतले बाढीपहिरो र डुबान प्रभावितका लागि राहत र पुनस्थापनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १२ : २८ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता