रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ « Khabarhub

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा अनुसार काम गर्न आफूहरूले ध्यान केन्द्रित गर्ने जनाएका छन् । 

ललितपुरमा पार्टीले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरूले आफूहरूलाई जनताले विश्वास गरी सदनमा पठाएको भन्दै जनअपेक्षा अनुसार काम गर्न ध्यान केन्द्रित गर्ने जनाएका हुन् ।

रास्वपाका नवनिर्वाचित सांसद गणेश पराजुलीले सुशासन कायम गर्ने, कानून बनाउने र जनअपेक्षा अनुसार काम गर्न सांसदहरूलाई अभिमूखीकरण गरिएको बताए । रास्वपाका सांसदहरूले पूर्ण जिम्मेवार भएर जनादेश अनुसार आफ्नो भूमिका निर्वाह गर्ने उनले बताए ।

त्यस्तै रास्वपाका नवनिर्वाचित सांसद हरि ढकालले विगतको अनुभवबाट सिक्दै मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अघि बढाउन भूमिका खेल्ने बताए । 

उनले सुशासनको मुख्य एजेण्डाका लागि काम गर्न स्पष्ट संख्या पुगेकाले आफूहरू उत्साहित भएर काम गर्ने धारणा राखे । आगामी पाँच वर्ष जनअपेक्षा अनुसार सुशासनका लागि मुहान सफा गर्ने उनको भनाइ छ ।

त्यस्तै रास्वपाका नवनिर्वाचित सांसद भूमिका श्रेष्ठले सबै समुदायको हक अधिकार स्थापित गर्नका लागि आफूले आवश्यक भूमिका निर्वाह गर्ने जनाइन् ।

प्रतिनिधिसभा सदस्यको शपथ अघि रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको हो । 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  २ : ५१ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा