यी हुन् विश्वकै १० घुम्नलायक शहरहरु « Khabarhub

यी हुन् विश्वकै १० घुम्नलायक शहरहरु


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तरको काम र व्यस्त जीवनशैलीबाट मुक्ति पाउनका लागि घुमफिर र नयाँ नयाँ स्थानमा जानु उपयुक्त हुन्छ । तनावबाट मुक्ति पाउनका लागि पछिल्लो समय घुमफिर गर्ने संस्कृतिको विकास नेपालमा पनि भइरहेको छ ।

लामो विदाको समयमा वा व्यस्त दैनिकीका बीचमा पनि थकानबाट मुक्ति पाउनका लागि विभिन्न स्थानको भ्रमण गर्न उपयुक्त हुन्छ ।

नेपालका पोखरा, चितवन, मनाङ, मुस्ताङ, जिरी, अन्नपूर्ण वेसक्याम्प, सगरमाथा वेसक्याम्प, इलाम लगायतका स्थानमा घुमफिरका लागि जान उपयुक्त हुन्छ । यसका साथै कहिलेकाही लङ टुरमा जान चाहनेहरुको लागि विदेशी भूमि पनि उपयुक्त हुन्छ ।

पछिल्ला समय स्वदेशभित्रै र विदेशमा पनि नेपालीहरु घुम्न जान थालेका छन् । यदि तपाईं विदेश घुम्न जादै हुनुहुन्छ भने तपाईंको रोजाइमा यी दश वटा देशहरु पर्न सक्छन् हेर्नूस् ।

लण्डन

लण्डन धेरैको रोजाइमा पर्ने देश हो । इंग्लाण्डको राजधानी शहर दुनिया भरका पर्यटकको मुख्य आकर्षणको केन्द्र हो । लण्डन लामो विदाका क्रममा घुम्न जाने उपयुक्त स्थान मध्ये एक हो ।

जापान (क्योटो)

पछिल्लो समय जापान जानेहरुको संख्या निकै बढेको छ । नेपाली विद्यार्थीहरु अध्ययनका लागि पनि जापान जाने गरेका छन् । जापनको क्योटो सहर घुम फिरका लागि निकै उपयुक्त स्थान रहेको छ ।

बेल्जियम (ब्रुज)

बेल्जियमको ब्रुज शहरमा युरोपको मध्यकालीन युगको छवी देख्न सकिन्छ । त्यसैले इतिहासका विद्यार्थीका लागि त यो स्थान थप आकर्षक बन्न सक्छ ।

इटली (रोम)

इटलीको रोम मानव सभ्यताको इतिहास बोकेको सहर हो । त्यसैले इटलीको रोम सहर लामो समय घुम्न जान उपयुक्त रहेने स्थान हो ।

इटली (फ्लोरेंस)

माइकल एंजेलो तथा लियोनार्डो दा विंचीसहित कयौं ठूला कलाकारको विरासतको रुपमा रहेको इटलीको फ्लोरेन्स शहर विश्वको सबैभन्दा राम्रो शहरको रुपमा लिइन्छ । यहाँ पुग्ने जो कोहीलाइ कोहीलाए पनि शहरले आफ्नो तर्क आकर्षित गर्न सक्छ ।

फ्रान्स (पेरिस)

फ्रान्स भन्नासाथ धेरैको दिमागमा आउने गर्छ पेरिस शहर । यहाँ वर्षेनि लाखौंको संख्यामा पर्यटक आउने गरेका छन् । आइफिल टावरलाइ यहाँको मुख्य आकर्षणको केन्द्रसमेत मानिन्छ । वर्षे नी लाखौं मानिस आइफिल टावर पुग्ने गरेका छन् । यो स्थान लामो सयम घुम्नका लागि तपाईको उपयुक्त गन्तव्य बन्न सक्छ ।

हंगेरी (बुडापेस्ट)

बुडापेस्ट डोनाउ नदीको किनारामा बसेको छ । यसै कारण यस शहरलाइ डोनाउ की रानी पनि मानिन्छ । पहिलो यो शहर दुई हिस्सा बाडिएको थियो । बुडा र पेस्ट जो नदीको दुवै तर्फबाट बसेको थियो र यी दुवैलाइ मिलाएर बनेको हो ।

अस्ट्रिया (भिनया)

 

अस्ट्रियाको भिनया शहर यूरोपका राजाहरुको गढको रुपमा रहने गरेको थियो । यहाँका राजा आफ्ना सवै ऐश आरामका सामान मगाएर बस्थे । त्यहाँको केक निकै प्रसिद्ध मानिन्छ ।

चेक गणराज्य (प्राग)

चेक गणराज्यको प्राग शहरमा पनि वर्षेनि लाखौंको संख्यामा पर्यटक आवतजावत गर्छन् ।

चीन (बैइजिङ)

चीनको बेजिङ पनि घुम्नका लागि उपयुक्त स्थान मध्येको एक हो । बेजिङमा रहेको ग्रेट वाल अफ चाइनाले विश्वकै ध्यान आकर्षण गर्न सक्छ । यसका साथै चीनको विकास र त्यहाँको संस्कृति अवलोकनका लागि पनि चीन उपयुक्त गन्तव्य बन्न सक्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ३ : २३ बजे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन