अब जनावरको शरीरबाट बन्ने छ मानवीय अंग « Khabarhub

अब जनावरको शरीरबाट बन्ने छ मानवीय अंग


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विज्ञानको विकासले असम्भव मानिएका धेरै कुराहरु सम्भव सावित हुँदै गएका छन् । यसैक्रममा जापानका वैज्ञानिकले जनावरबाट मानवीय अंग बनाउने तयारी गरेका छन् । यद्यपि, जापान सरकारले विवादित स्टेम सेल रिसर्च कार्यलाई पनि मन्जुरी दिएको छ । यसैमार्फत वैज्ञानिकहरुले मानव तथा जनावरको हाइब्रिड प्रजातिहरु विकसित गर्न सक्नेछन् ।

यस किसिमको खोज अनुसन्धानमा यसअघि प्रतिबन्ध लगाइएकाले विवादित बनेको थियो । तर यसको पक्षमा रहेका वैज्ञानिकहरुले भने यो खोजअनुसन्धान मानवीय अंग बनाउने पहिलो कदम हुन सक्ने भन्दै मन्जुरीका लागि मनाएका थिए ।

एक मिडिया रिपोर्टअनुसार स्टेम सेल प्रविधिमार्फत मानव तथा जनावरको हाइब्रिड प्रजातिहरु बनाइने छ । युनिभर्सिटी अफ टोकियोमा अब भ्रूणको रुपमा मानव तथा जनावरको हाइब्रिड प्रजातिहरुको विकास गरिनेछ । सबैभन्दा पहिला मानवीय कोशिकाहरु मुसाको भ्रूणमा उत्पादन गरिनेछ । यसपछि उक्त अंगलाई एक सेरोगेट जनावरको शरीर भित्र स्थापित गरिनेछ ।

चर्चित जेनेटिक्स (आनुवांशिक) वैज्ञानिक हिरोमित्सु नाकाउचीले यो प्रविधि शरीरको अंग बनाउने कार्यको पहिलो कदम भएको बताए । उनका अनुसार यसबाट भविष्यमा प्रत्यारोपणमार्फत आवश्यक अंक तयार गर्न सहयोग मिल्न सक्नेछ ।

वैज्ञानिकहरुले यस विषयमा अनुसन्धान अगाडि बढाउँदै गर्दा अहिले नै हतार भने नभएको बताएका छन् । नाकाउचीले यो अनुसन्धानलाई विस्तारै अगाडि बढाउने निर्णय लिएको बताएका छन् ।

आगामी केही वर्षसम्म हाइब्रिड भ्रण नबनाउने उनले जानकारी दिए । तत्काललाई १४ दिनमै तयार गर्न सकिने र धेरैभन्दा धेरै अंगाहरु बनाउन सक्ने मुसाको हाइब्रिड भ्रूणमाथि यो अनुसन्धान केन्द्रीत हुने सोचमा रहेको उनले बताए ।

विरोधीको तर्क

वैज्ञानिकहरुले मानवीय अंग बनाउने प्रविधिमाथिको अनुसन्धान गरिरहँदा यसको विरोध पनि उत्तिकै भइरहेको छ । आलोचकहरुले यो कार्यलाई भगवानमाथिको चुनौति भनेका छन् ।

जनावरको शरीरभित्र मानवको कोशिकाहरु स्थापित गरिने हो भने मानवीय अंग निर्माण हुनुका बाब्जुद आशा गरेकोभन्दा पनि बढी नै परिणाम हात लाग्न सक्ने तर्क गरिएको छ । यसबाट भविष्यमा यस्तो प्रजाति बन्न सक्छ, जो आधा मान्छे र आधा जनावरको रुप होस् । आलोचकहरुले यो सम्भव हुन सक्ने भन्दै विरोध गर्दै आएका छन् ।

यसैकारण यस सम्बन्धी अनुसन्धानलाई संसारभर प्रतिबन्ध लगाइएको छ । जापानमा पनि यस सम्बन्धी अनुसन्धानका लागि १४ दिनको मात्रै अनुमति रहेकोमा अब भने सरकारले कानूनी रुपमै खुला गरिदिएको छ ।

यो कार्यलाई केहीले स्वागत गरे पनि होक्काइदो युनिभर्सिटीका शोधकर्ता तेत्सुया इसिनेले यस अनुसन्धानमा सावधानीका साथ अगाडि बढ्नु राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  २ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र