बालुवाटारको आगलागी– सुविसुको कार्यालयमा थियो २ हजार लिटर पेट्रोल ! | Khabarhub Khabarhub

बालुवाटारको आगलागी– सुविसुको कार्यालयमा थियो २ हजार लिटर पेट्रोल !


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालयमा भएको आगलागीको कारण खुल्न सकेको छैन । तर, कार्यालयमा स्टोर गरेर राखिएको झन्डै २ हजार लिटर जतिको पेट्रोलियम पदार्थका कारण आगो चाँडै फैलिएको जनाइएको छ ।

आगो निभाउन पुगेका अग्नी नियन्त्रकका अनुसार कार्यालयमा राखिएको पेट्रोलियम पदार्थका कारण आगो छिट्टै फैलिएको थियो । पेट्रोलियम पदार्थका कारण लागेको आगो निभाउन पनि समय लागेको अग्नी नियन्त्रकहरुले जनाएका छन् ।

‘आगो नियन्त्रणमा लिन ठूलो मात्रामा फायर कन्ट्रोल फ्लूइड (आगो निभाउन विशेष प्रकारको तलर पदार्थ) प्रयोग गर्दा पनि नियन्त्रणमा लिन धेरै समय लाग्यो,’ खबरहबको सम्पर्कमा आएका एक अग्नी नियन्त्रकले भने, ‘पेट्रोलियम पदार्थमा सल्किएका कारण आगो नियन्त्रणमा लिन मुश्किल भयो ।’

बुधबार मध्याह्न भएको आगलागीका कारण सुविसुको कार्यालय पूर्ण रुपमा जलेको छ । यद्यपि कार्यालयको पछाडिको केही भाग भने जोगाउन सकिएको अग्नी नियन्त्रकहरुले जनाएका छन् ।

प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण शुरु गरेको छ । प्रहरीले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । यद्यपि यस विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

खबरहबको सम्पर्कमा आएका सुविसुका एक कर्मचारीले कार्यालयमा रहेका जेनेरेटर तथा सवारी साधनमा प्रयोग गर्नका लागि केही मात्रामा पेट्रोल र डिजेल स्टोर गरेर राखिएको जानकारी दिए ।

‘अफिसमा भएका जेनेरेटर र बजारमा गुड्ने गाडीमा हाल्नका लागि केही मात्रामा डिजेल र पेट्रोल थियो,’ सुविसुका कर्मचारीले खबरहबसँग भने ।


तस्वीरहरु– अदीप श्रेष्ठ

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  २ : २५ बजे

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

ढोरपाटन– निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री

‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको म्यान्डेट नै सुशासन

दशैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी

चितवन– चितवन राष्ट्रिय निकुञ्जले दशैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने

१८ वर्षदेखि पाकिस्तानलाई फाइनलमा हराउन नसकेको भारत

यूएई- पाकिस्तानले एशिया कप २०२५ मा बंगलादेशलाई हराउँदै फाइनलमा स्थान

ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई