नेपालमै पाइलट पढाउनका लागि फ्लाईङ स्कूल सञ्चालन गर्ने तयारीमा सरकार « Khabarhub

नेपालमै पाइलट पढाउनका लागि फ्लाईङ स्कूल सञ्चालन गर्ने तयारीमा सरकार


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले उडड्यन विद्यालय (फ्लाईङ स्कूल) स्थापना गर्ने योजना अगाडि सारेका छन् ।

मन्त्री भट्टराईले देश भित्रै पाईलटहरु उत्पादन गर्न र उनीहरुलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने उद्देश्यका साथ उक्त योजना आफूले अगाडि सारेको मन्त्री भट्टराईको भनाइ छ ।

बुधबार मन्त्रालयमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर पाईलट पढन विदेश जानुपर्ने अवस्था अन्त्यका लागि स्कूल स्थापना गर्ने योजना रहेको बताए ।

विदेशमा लाग्नेभन्दा कम खर्चमै देश भित्रै पाईलट अध्ययनको व्यवस्था गर्न उक्त स्कूल सञ्चालनमा ल्याउन जरुरी रहेको मन्त्री भट्टराईको भनाइ थियो ।
त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरुबाट जुटाउने मन्त्री भट्टराईको योजना छ ।

मन्त्री भट्टराईले वायु सेवा कम्पनीहरुलाई पनि पाईलट चाहिने भएकाले उनीहरुले पनि सो विद्यालयमा लगानी गर्ने विश्वास पनि व्यक्त गरे ।

मन्त्री भट्टराईले सो विद्यालय स्थापनासम्बन्धि विस्तृत योजना केही दिन भित्रै ल्याउने जनाए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  २ : ४२ बजे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन