बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु, ५० वर्षसम्म फोहोर धान्ने विश्वास | Khabarhub Khabarhub

बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु, ५० वर्षसम्म फोहोर धान्ने विश्वास


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर फाल्ने उपयुक्त स्थानका रुपमा हेरिएको नुवाकोटस्थित ‘बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण कार्य शुरु भएको छ । उपत्यकाभरको फोहोर ५० वर्षसम्म विसर्जन गर्न मिल्ने सो स्थानमा विभिन्न संरचना निर्माणका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भएको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागले संरचना निर्माणको काम ठेकेदार कम्पनीमार्फत गराइरहेको छ । पूरै संरचना दुई चरणमा गरेर सम्पन्न गर्ने योजना रहेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मनोज नकर्मीले बताए । पहिलो चरणको रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा ठेक्कामा भएर काम शुरु भएको छ ।

गत वैशाख २२ मा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई एक वर्षमा काम सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता भएको थियो । पहिलो चरणमा आवश्यक पूर्वाधार निर्माणका काम भइरहेको उनले बताए । उनले भने, ‘ल्याडफिल साइटसम्मको सडक निर्माण, प्रयोग हुने सामग्रीको परीक्षण, सो स्थानसम्म विद्युत् विस्तारको काम शुरु भइसकेको छ ।’

वैशाखमा शुरु भएकामा गत असारसम्ममा सो स्थानमा निर्माण कार्य अघि बढाउन अस्थायी सडक निर्माण भइसकेको विभागको प्रवक्ता चन्द्रशेखर महतोले जानकारी दिए । साइट निर्माणमा प्रयोग हुने निर्माण सामग्रीमध्ये कतिपयको परीक्षण भइसकेको छ भने कतिपयको भइरहेको उनले बताए । ल्याडफिल साइट सञ्चालनका लागि आवश्यक पर्ने भवन निर्माणलगायत पूर्वाधार निर्माणको काम अघि बढिरहेको उनले जानकारी दिए ।

उक्त स्थानमा यसअघि बिजुली नभएकाले बिजुली जडानका लागि प्रशारण लाइन विस्तार गर्न खरीद प्रक्रिया अघि बढेको बताइएको छ । ठेकेदारले आगामी असारसम्ममा पहिलो चरणको काम सम्पन्न गर्नुपर्ने उनले बताए ।

अहिले सिसडोल भरिसकेकाले पनि सकेसम्म चाँडो काम गरेर समयमै सम्पन्न गराउन लागिपरेको वरिष्ठ डिभिजनल इञ्जिनीयर नकर्मीले बताए ।

पहिलो चरणको काम भइरहँदा नै दास्रो चरणको काम अघि बढाउने योजना रहेको प्रवक्ता महतोले बताए । अहिले डिजाइन सकिएकाले तीन/चार दिनभित्रै दोस्रो चरणको ठेक्का आह्वान हुने उनले जानकारी दिए । दोस्रो चरणमा फोहोरको सङ्कलन लगायतका पक्की संरचना निर्माणका काम हुनेछन् । अहिले दुई चरणमा काम सम्पन्न भए पनि दोस्रो चरणको काम सकिएपछि पनि तेस्रो चरणमा थप काम गर्न सकिने विषयमा छलफल भइरहेको प्रवक्ता महतोले बताए । तेस्रो चरणमा वर्गीकरणको काम हुने बताइएको छ ।

‘फोहोरको परिमाण कम गर्नका लागि वर्गीकरणको काम यो चरणमा हुनेछ’, उनले भने, ‘बञ्चरेडाँडाभन्दा केही वर आलेटारमा वर्गीकरण हुँदा कम फोहोर मात्रै ल्याडफिल साइट जान्छ ।’ सो साइटको क्षमता झण्डै ५० लाख घनमिटर रहने विभागले जनाएको छ ।

विभागकै अनुसार अहिले दैनिक विसर्जन हुनसक्ने फोहोर कुहिने, नकुहिने, पुनःप्रयोग हुनेसमेत एकै ठाउँमा हाल्दा २० र छुट्याएर पुनःप्रयोगमा नआउँदा फोहोर मात्रै विसर्जन गर्दा ५० वर्षसम्मका लागि फोहोर व्यवस्थापन हुनसक्ने बताइएको छ ।

काठमाडौँमा उपत्यकामा विसर्जन गर्नुपर्ने फोहोरको परिमाण बढिरहँदा झण्डै एक दशक पहिले नै सिसडोलको विकल्पका रुपमा बञ्चरेडाँडालाई हेरिएको थियो । सो स्थानमा ल्याडफिल साइट निर्माणमा चासो देखाएका दुई संस्थापछि सरेसँगै कसले निर्माण गर्ने भन्ने अन्योल रहेको थियो ।

मन्त्रिपरिषद्ले २०७५ मङ्सिर १७ गते शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले ठेक्का सम्झौतामार्फत काम अघि बढाएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ४ : २२ बजे

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ