'आगोसँग नखेल्न' हङ्‍कङका प्रदर्शनकारीलाई चीनको चेतावनी | Khabarhub Khabarhub

‘आगोसँग नखेल्न’ हङ्‍कङका प्रदर्शनकारीलाई चीनको चेतावनी


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले हङ्‍कङका प्रदर्शनकारीहरूलाई ‘आगोसँग खेल्ने प्रयासले आफैँलाई जलाउने’ भन्दै कडा चेतावनी दिएको छ ।

हङ्‍कङस्थित चीनको कार्यालयले प्रदर्शनकारीहरूलाई केन्द्रिय सरकारको संयमलाई कम नआँक्न भनेको छ । हङ्‍कङमा लगातार नौ सातादेखि सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन् । सोमवार आह्वान गरिएको हड्तालको कारण हङ्‍कङका दुई सय उडानहरू रद्द भएका थिए ।

प्रदर्शनकारीहरूले प्रहरी ज्यादतीको आरोपको निष्पक्ष छानबिन, प्रजातान्त्रिक सुधार र नेता क्यारी लामको राजीनामा माग गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीहरूसँग मुठभेड भएका र त्यसले हङ्‍कङका बासिन्दाहरूका लागि स्वतन्त्रताको महत्त्व दर्शाउँदै बेइजिङको लागि चुनौती खडा गरेको बताइएको छ ।

‘कट्टरपन्थी प्रदर्शनहरूले’ हङ्‍कङलाई ‘धेरै खतरनाक अवस्थाको नजिक’ पुर्‍याएको हङ्‍कङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ गुयाङले बताएका छन् । उनले प्रदर्शनकारीहरूलाई संयमतालाई कमजोरी नसम्झन चेतावनी दिए ।

उनले लामलाई राजीनामा गराउने प्रयासले कहिँ नपुर्‍याउने भन्दै प्रदर्शनले हङ्‍कङको अर्थतन्त्रमा गम्भीर असर पुर्‍याएको बताए । यो चीनले प्रदर्शन शुरू भएयता जारी गरेको सबैभन्दा कडा चेतावनी भएको बीबीसीले जनाएको छ ।

सो कार्यालयले हङ्‍कङमा विरलै पत्रकार सम्मेलन गर्ने भएपनि यो हप्ता दुई पटक पत्रकारहरूसँग भेटघाट गरिसकेको छ। याङले कट्टरपन्थी र हिंसात्सक शक्तिले नेतृत्व गरेको प्रदर्शनमा केही गलत बुझेका तर गलत गर्न नचाहने नागरिकहरू पनि परेको बताएका छन्।

उनले दक्षिणका चीनविरोधी शक्तिले अशान्तिलाई प्रोत्साहन गरिरहेको बताउँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले प्रदर्शनलाई दर्शनयोग्य भनेको र ब्रिटिश विदेशमन्त्री जेरमी हन्टले प्रहरीले गरेको शक्ति प्रयोगको छानबिन हुनुपर्ने भनेको उदाहरण दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ४ : ५० बजे

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ

‘अन्धकारको अन्त्य गर्दै नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा

नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

काठमाडौं – पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर