साम्राज्ञीले भनिन् – यति धेरै घृणा किन ? « Khabarhub

साम्राज्ञीले भनिन् – यति धेरै घृणा किन ?


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही हप्ताअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्ना ब्याइफ्रेन्ड देवांश राणासँग विदा मनाउन इन्डोनेसियाको बाली पुगेकी थिइन् । बालीमा उनले रोमान्स गरेका कैयन् तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् ।

ती तस्वीरलाई साम्राज्ञीका फ्यानले पनि सामान्य रुपमा लिए । तर जब साम्राज्ञी र उनका ब्यायफ्रेन्ड देवांशले शरीरका विभिन्न अंगमा चुम्बन गरेका तस्वीरहरु सार्वजनिक भए, त्यसपछि साम्राज्ञीको विरोध हुन थाल्यो ।

त्यसो त साम्राज्ञी फ्यानबाट ट्रोलको शिकार बनेको यो पहिलोपटक थिएन । साम्राज्ञीका ती हट तस्वीरले सोसल मिडिया निकै ततायो । गालीको वर्षा भएपछि साम्राज्ञीले लेखिन् – हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ ।

समयसँगै यो लफडा त झण्डै साम्य भएको थियो । तर, साम्राज्ञीलाई यसले निकै चित्त दुखाएको रहेछ ।

हालै साम्राज्ञीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै फ्यानलाई सोधेकी छिन् – यति धेरै घृणा किन ?

उनले अरुको कुरा काट्नुभन्दा त्यो समयमा बरु आफ्नो काम गर्न सल्लाह पनि दिएकी छिन् । उनले अरुलाई उडाउनुको साटो कसैको अनुहारमा खुशी ल्याउन सहयोग गर्नुपर्ने भन्दै गुनासो गरेकी छिन् ।

उनको यो भनाइमा कैयन् प्रतिक्रिया आएका छन् । फ्यानले आफूहरुले घृणा नगर्ने बरु माया गर्ने प्रतिक्रिया दिएका छन् ।

एक महिनाको अन्तरालमा साम्राज्ञीका दुई फिल्म रिलिजका क्रममा छन् । उनी अभिनित फिल्म ‘मारुनी’ भदौ १३ मा प्रदर्शन हुँदैछ भने ‘रातो टीका निधारमा’ दशैँमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ५ : ५५ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद