‘डेङ्गुका विषयमा धेरै भ्रम फैलियो’ « Khabarhub

‘डेङ्गुका विषयमा धेरै भ्रम फैलियो’


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विराटनगर– केही संख्यामा डेङ्गुका बिरामी फेला परेपनि यस विषयमा धेरै नै भ्रम फैलिएको चिकित्सकहरुले जनाएका छन् । डेङ्गुका विषयमा भ्रम फैलाइदा मानिसहरुमा बढी नै त्रास उत्पन्न भएको भन्दै चिकित्सकहरुले सबैको ध्यानाकर्षण गराएका छन् ।

प्रादेशिक (कोशी) अस्पताल विराटनगरमा हाल दुई जना बिरामीमात्र डेङ्गुको शङ्कामा उपचार गराइरहेका छन् । डेङ्गुको उपचार गराइरहनेमा विराटनगर अस्पतालकै कर्मचारी सुरेन मरिकका छोरा १५ वर्षीय किसन मरिक र रङ्गेली नगरपालिका–१ निवासी सन्जोग सरदार छन् ।

सुरेन सुनसरीको धरानबाट फर्केर आउँदा डेङ्गुको शङ्कामा र सरदारलाई एक हप्तादेखि ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचार गराइरहेको आकस्मिक कक्षका प्रमुख रघुनन्दन अधिकारीले जानकारी दिए । दुवै जनाको स्वास्थ्य अहिले सामान्य भएको र उपचार भइरहेको उनले जानकारी दिए ।

अस्पतालमा अहिलेसम्म डेङ्गुका कारण कसैको पनि मृत्यु नभएको र अब यो समस्या कम हुँदै जाने उनले बताए । यसैगरी अस्पतालमा दैनिक १५ देखि २० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । उनीहरु उपचारपछि घर फर्कने गरेका छन् । छ दशकअघि निर्माण भएको यो अस्पतालमा धेरै समस्या देखिएको अस्पताल प्रमुख डा रोशन पोखरेलले बताए ।

कूल ६० जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा हाल २० जना मात्र कार्यरत छन् भने १४ जना करारमा भर्ना भएका चिकित्सकको पनि म्याद नथपिएकाले बिरामी उपचारमा समस्या उत्पन्न भएको प्रमुख पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ०३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह