जम्मू कश्मीर विवादले आणविक युद्धको रुप लिनसक्छः इमरान खान « Khabarhub

जम्मू कश्मीर विवादले आणविक युद्धको रुप लिनसक्छः इमरान खान


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले जम्मू कश्मीरबारे चालेको पछिल्लो कदमका कारण आणविक युद्धको खतरा उत्पन्न भएको चेतावनी दिएका छन् ।

भारतले जम्मू कश्मीरको विशेष राज्यको मान्यता खारेज गरेकोबारे मंगलबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री खानले यसो भनेका हुन् । उनले भारतको यो कदमबाट कश्मीरीहरु आक्रोशित भएर भारतीय सुरक्षा बलविरुद्ध आक्रमण गर्नसक्ने र भारतले त्यसको दोष पाकिस्तानलाई दिएर पाकिस्तान विरुद्ध आक्रमण गर्नसक्ने चिन्ता समेत व्यक्त गरे ।

भारतले पाकिस्तान विरुद्ध आक्रमण गरेमा यस क्षेत्रमा आणविक युद्धको खतरा रहेको उनको भनाइ छ । यसअघि पाकिस्तानी सेनाध्यक्ष कमर जावेद बाजवाले कश्मीरी जनताको समर्थनमा पाकिस्तानी सेना जुनसुकै हदसम्म जान तयार रहेको बताइसकेका छन् ।

भारतले सोमबार कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ३७० र ३५ ए खारेज गरेसँगै कश्मीरमा हिंसा मच्चिने र त्यसबाट भारत र पाकिस्तानबीच तानाव बढ्नसक्ने चिन्ताका माझ पाकिस्तानी प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ०० बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा