१५ हजार रोपनी जग्गा अतिक्रमण | Khabarhub Khabarhub

१५ हजार रोपनी जग्गा अतिक्रमण


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला परेको हो। अतिक्रमण गरिएको सार्वजनिक जग्गा अधिकांश मालढुङ्गा बेनी सडक किनार र कालीगण्डकी किनारको उब्ब्जाउ जग्गा रहेको पाइएको छ ।

सार्वजनिक तथा गुठीका जग्गा दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ४ का अध्यक्ष तथा गाउँपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भीष्म मल्लको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष पदेन सदस्य हुने र सदस्य सचिव सामाजिक विकास अधिकृत लिलाधर सुवेदी रहने गरी समिति गठन गरेर जग्गाको खोजीमा जुटेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

समितिले पहिलो चरणमा गाउँपालिकाको वडा नं ३, ४, ७, र ८ गरी जम्मा ४ वटा वडाको वेनी मालढुङ्गा सडकखण्ड आसपास सार्वजनिक जग्गाको पहिचान गर्ने कार्य सम्पन्न गरिसकेको छ । यी वडामा सरकारी जग्गाका ३८८ वटा कित्ता रहेको र क्षेत्रफल १५ हजार २८२ रोपनी रहेको तथा उक्त जग्गा हालसम्म ब्यक्तिले आवासको लागि पक्की घर निर्माण गर्नुको साथै खेतीबाली लगाई उपयोग गर्दै आएको भेटिएको संयोजक भीष्म मल्लले जानकारी दिए ।

अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्ने र त्यस्ता जग्गालाई गाउँपालिकाको मातहत ल्याउनका लागि गाउँपालिकाले अभियान थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । दोस्रो अभियानअन्तर्गत जग्गालाई कानूनबमोजिम करको दायरामा ल्याई सरकारी जग्गाको संरक्षण गर्ने सोचअनुरुप यही भदौ महीनादेखि समितिले अभियानको रुपमा सबै वडामा जाने गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधार सुवेदीले जानकारी दिए ।

सार्वजनिक जग्गा व्यक्तिले अवैधरुपमा प्रयोग गर्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सक्रियता देखाएको हो । यसमा स्थानीय जनप्रतिनिधिसमेत सक्रियरुपमा लागेका छन् । पालिकाले सबै सार्वजनिक वा सरकारी जग्गालाई एकत्रित गरेर उपभोगका लागि नयाँ नीति लागू गर्ने जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १० : ५७ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।