उपल्लो मुस्ताङसम्म वर्षभरिनै सवारीसाधन चल्ने « Khabarhub

उपल्लो मुस्ताङसम्म वर्षभरिनै सवारीसाधन चल्ने


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महिना नियमित यातायातका साधन चल्ने भएको छ ।

उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भई सोमबारदेखि सञ्चालनमा आएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट बाह्रै महिना सिधै लोमान्थाङ पुग्न सकिने भएको हो ।

निर्माणाधीन पुललाई गत साउनमा कालीगण्डकीमा आएको बाढीले क्षति पुर्‍याएपछि निर्माण अवधि लम्बिएको हो । पुलको संरचना निर्माण भएपछि तीन वटा डोजर परिचालन गरी १२ दिनमा पुलको दुईतर्फी ट्याक खोलिएको करिडोर सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारीसाधनलाई सहज भएको यातायात व्यवसायीले बताएका छन् । पक्की पुल बनेकाले अब बाह्रै महीना निर्वाध सवारीसाधन उपल्लो मुस्ताङ जानसक्ने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।
अध्यक्ष तुलाचनका अनुसार मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोला पुल सञ्चालनमा आए पनि कागबेनीमा निर्माणाधीन २५ मिटर लामो पुल निर्माणमा भने ढिलाइ भएको छ ।

मुस्ताङ गेटमा सञ्चालनमा आएको पक्की पुलको काम लोकल रोड ब्रिज प्रोग्राम एलआरबिपिले २०७१ सालमा शुरु गरेको हो । चार करोड ७३ लाख लागत रहेको उक्त पुलको लम्बाइ ७६ मिटर छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ११ : ५९ बजे

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी– मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको