डेङ्गुविरुद्ध अभियान ‘खोज र नष्ट गर’ « Khabarhub

डेङ्गुविरुद्ध अभियान ‘खोज र नष्ट गर’


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– डेङ्गुको सङ्क्रमण फैलन नदिन बागलुङमा‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ । जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च सतर्कता अपनाएका हुन् ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार सदरमुकामभित्र लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम भएको छ । खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको पानी खाली गरी सफाइ गरिएको थियो ।

“सचेतनामूलक प्रभातफेरीसँगै सम्भावित ठाउँको सरसफाइ पनि गर्‍यौँ” स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले भने । निजामती सेवा दिवस–२०७६ मूल समारोह समितिले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

स्वास्थ्य कार्यालय, बागलुङ नगरपालिकालगायतका सङ्घसंस्थाले अभियानको संयोजन गरेका थिए । प्रभातफेरीमा निजामती कर्मचारीसहित, सेना, प्रहरी, सामाजिक अभियन्ता, स्वयंसेवक, पत्रकारलगायत सहभागी थिए । उक्त अवसरमा सर्वसाधारणलाई डेङ्गु रोगसम्बन्धी सन्देशमूलक पर्चासमेत वितरण गरिएको थियो । स्वास्थ्य कार्यालयले सदरमुकाममा ‘माइकिङ’ र सञ्चारमाध्यममार्फत सचेतना जगाउने काम पनि गरिरहेको छ । जोखिम रहेसम्म ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिइनेछ ।

शुक्रबार नै गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको निर्देशनमा अस्पताल, स्वास्थ्यकर्मी, औषधि व्यवसायीबीच डेङ्गु नियन्त्रणका विषयमा छलफल भएको छ । यस्तै शनिबार मजदुर र श्रमिकबीचमा डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्लाका १० स्थानीय तहले पनि डेङ्गुविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न शुरु गरेका छन् । स्वास्थ्य कार्यालयले डेङ्गुको शङ्का लागेमा तुरुन्त धवलागिरि अञ्चल अस्पतालमा जाँचको लागि आउन आग्रह गरेको छ । “शङ्कास्पद बिरामीलाई अल्झाएर नराखी तुरुन्त अञ्चल अस्पतालमा पठाउन अन्य स्वास्थ्य संस्थालाई पनि अनुरोध गरेका छौँ”, क्षयकुष्ठ सुपरभाइजर घिमिरेले भने।

डेङ्गुको जाँच र उपचार सेवा अञ्चल अस्पतालमा मात्र उपलब्ध छ । अस्पतालका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालका अनुसार लक्षण देखिनासाथ डेङ्गुको जाँच गर्ने गरिएको छ । जाँचका लागि आएका एक जनामा डेङ्गुको सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।

काठेखोला गाउँपालिकाका २० वर्षीय युवा डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाइएको छ । यस्तै बागलुङका अन्य दुई जना सङ्क्रमित व्यक्ति अहिले पोखरामा उपचाररत छन् । उनीहरु जिल्लाबाहिर रहेका बेला डेङ्गु पहिचान भएको थियो । जिल्लामै सङ्क्रमित भेटिएपछि डेङ्गुको जोखिम बढेको छ ।

डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । उक्त लामखट्टेले दिनमा मात्र टोक्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् । डेङ्गको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गरिन्छ ।

गत वैशाखमा सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले ४२ भन्दा बढी जिल्लामा देखा परेका छन् । सरकारले डेङ्गु नियन्त्रणका लागि उच्च सतर्कता र सक्रियतासमेत बढाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १ : २८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी