नुवाकोटमा जिउँदै पुर्दै गरिएको गाईको उद्दार, पुर्ने मान्छे फरार « Khabarhub

नुवाकोटमा जिउँदै पुर्दै गरिएको गाईको उद्दार, पुर्ने मान्छे फरार


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विदुर– नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै पुर्दै गरिएको गाईको उद्दार गरिएको छ ।

जिउँदै गाईलाई पुर्दै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भएका छन् ।

नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् ।

बट्टार हावाघर नजिकै नवर्निमित क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डा खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए ।

गाई चीनतर्फ तस्करीका लागि ल्याइएको हुन सक्ने आंशका गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १ : ५७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको