जन्मदिनमा मन्त्री भट्टराईले गरे चार वर्षीय बालकलाई सहयोग « Khabarhub

जन्मदिनमा मन्त्री भट्टराईले गरे चार वर्षीय बालकलाई सहयोग


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गरेका छन् ।

विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरिब बालबालिकालाई सहयोग प्रदान गर्दै आएकोमा उनले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद रु २० हजार सहयोग प्रदान गरेका हुन् ।

सहयोग रकम समीर राईका अविभावकसम्म पुग्ने गरी ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका अध्यक्ष चित्रगुप्ता साँवा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङलाई हस्तान्तरण गरिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए । मन्त्री भट्टराईले आगामी दिनमा समेत समिरको थप पठनपाठन र स्वास्थ्यमा समस्या आइपरे उपचारका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समिरका आमाबुबा दृष्टिविहीन छन् । समिर आफैँले समेत राम्रोसँग आँखा देख्दैनन् । कक्षा नर्सरीमा अध्ययनरत समिरलाई सदरमुकाम फुङलिङस्थित नवज्योति बोर्डिङ स्कूलले निःशुल्क रुपमा पढाउँदै आएको बताइएको छ ।

मन्त्री भट्टराईले गत वर्ष जन्म दिनका अवसरमा पाथीभरा याङवरक गाउँपालिकाका दुई दलित विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेका थिए । मन्त्री भट्टराईको विसं २०२३ भदौ २१ गते जिल्लाको ढुङ्गेसाँघुमा जन्म भएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  २ : १४ बजे

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका