जन्मदिनमा मन्त्री भट्टराईले गरे चार वर्षीय बालकलाई सहयोग | Khabarhub Khabarhub

जन्मदिनमा मन्त्री भट्टराईले गरे चार वर्षीय बालकलाई सहयोग


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गरेका छन् ।

विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरिब बालबालिकालाई सहयोग प्रदान गर्दै आएकोमा उनले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद रु २० हजार सहयोग प्रदान गरेका हुन् ।

सहयोग रकम समीर राईका अविभावकसम्म पुग्ने गरी ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका अध्यक्ष चित्रगुप्ता साँवा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङलाई हस्तान्तरण गरिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए । मन्त्री भट्टराईले आगामी दिनमा समेत समिरको थप पठनपाठन र स्वास्थ्यमा समस्या आइपरे उपचारका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समिरका आमाबुबा दृष्टिविहीन छन् । समिर आफैँले समेत राम्रोसँग आँखा देख्दैनन् । कक्षा नर्सरीमा अध्ययनरत समिरलाई सदरमुकाम फुङलिङस्थित नवज्योति बोर्डिङ स्कूलले निःशुल्क रुपमा पढाउँदै आएको बताइएको छ ।

मन्त्री भट्टराईले गत वर्ष जन्म दिनका अवसरमा पाथीभरा याङवरक गाउँपालिकाका दुई दलित विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेका थिए । मन्त्री भट्टराईको विसं २०२३ भदौ २१ गते जिल्लाको ढुङ्गेसाँघुमा जन्म भएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  २ : १४ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव